प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि
धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा
दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई
धादिङ दुर्घटना अपडेट : १९ जनाको मृत्यु, २५ घाइते (विवरण सहित)
धादिङमा चट्याङ पर्दा एक किशोरीको मृत्यु, दुई जना घाइते
नेकपा (एमाले) को केन्द्रीय लेखा आयोगले पार्टीको विधान र नियमावलीको व्यवस्थाविपरीत लेखा परीक्षण नगराई अधिवेशन परिषद् आयोजना गर्ने कमिटीलाई स्पष्टीकरण सोध्ने भएको छ ।
आयोगले त्यसरी आयोजना हुने कमिटीका अधिवेशन परिषद्लाई मान्यता नदिन पार्टीलाई अनुरोध गरेको छ । गत साता लुम्बिनीमा बसेको बैठकको निर्णयानुसार पार्टीलाई सो आग्रह गरिएको आयोगका अध्यक्ष डा पुष्पराज कँडेलले बताउनुभयो ।
सो बैठकले आम निर्वाचनको समीक्षा प्रतिवेदन तयार गर्ने, पार्टी केन्द्रीय कोषको चालू आर्थिक वर्षको आन्तरिक लेखा परीक्षण गर्ने, पार्टीको लेखा व्यवस्थापनका लागि प्रशिक्षण पुस्तिका तयार गर्ने, पार्टी कमिटी, जनसङ्गठन र लेखा कमिटीका लागि लेखा व्यवस्थापन प्रशिक्षण सञ्चालन गर्ने, आर्थिक व्यवस्थापनका आधारमा पार्टी कमिटी र जनसङ्गठनको मूल्याङ्कन गर्ने परिपाटी स्थापना गर्ने निर्णय गरेको थियो ।
बैठकले सम्पूर्ण पार्टी कमिटी र जनसङ्गठनको लेखा परीक्षण तथा अनुगमन गर्ने, कम्तीमा प्रदेश तहको आर्थिक हिसाबलाई जोड्ने गरी अत्याधुनिक सफ्टवेयर जडान गरी लेखा व्यवस्थित गर्न पनि पार्टी केन्द्रलाई अनुरोध गर्ने निर्णय गरेको थियो ।
केन्द्रीय कमिटी स्थगित
यसैबीच यही माघ २९ र फागुन १ गतेका लागि तय भएको एमालेको केन्द्रीय कमिटीको पाँचौँ बैठक स्थगन भएको छ । केन्द्रीय कमिटीको बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको पार्टीका कार्यालय सचिव डा भीष्म अधिकारीले जानकारी दिनुभयो ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |