नीलकण्ठको राजनीतिमा तरंगः प्राध्यापक डा. देवी प्रसाद अधिकारी रास्वपामा प्रवेश, मेयरको चर्चा चुलिँदै
निर्वाचन आयोगको निर्णय मान्न र नयाँ नेतृत्वलाई स्वीकार्न धादिङ कांग्रेस सचिव विकास श्रेष्ठको अपिल
धादिङ क्षेत्र नं. २ मा ज्युँदा शहीदको चर्चा : राम बहादुर भण्डारी एक नम्बरमा सिफारिस
हर्क साम्पाङको श्रम संस्कृति पार्टीले आज धादिङमा जिल्ला भेला गर्दै
क्षेत्री महिला समाज धादिङको अध्यक्षमा अधिकारी
कोसोक नेपाल धादिङको अध्यक्षमा सिताराम कोइराला निर्वाचित
धादिङ २१ माघ ।
धादिङको नीलकण्ठ नगरपालिकामा रहेको रोजमेरी चाइल्ड केयर बोर्डिङ स्कूलले १५ औं वार्षिक उत्सव तथा अभिभावक दिवस शनिबार धादिङबेसीमा सम्पन्न गरेको छ ।
विद्यालयको प्राङगणमा दोस्रो स्मारिका विमोचन, बालबालिकाको नृत्य ,नाटक र गायन प्रस्तुती, उत्कृट शिक्षक र अभिभावकलाई पुरस्कृत गर्दै विद्यालयले वार्षिक उत्सव मनाएको हो ।
कार्यक्रममा विद्यालयका प्रिन्सिपल संगिता श्रेष्ठले विद्यालयको भौंतिक अवस्था सुधार गर्न आफु हर तरहले लागि पर्नुको साथै शैक्षिक गुणस्तर अझै वृद्धि गर्न विद्यालयले नयाँ नयाँ कार्यक्रम र योजना ल्याउने गरेको बताउनुभयो । त्यसैगरी अभिभावकले समय समयमा विद्यालयमा निरिक्षण गरि वस्तुस्थितीको बारेमा जानकार हुनुपर्ने उल्लेख गर्नुभयो ।
सोही कार्यक्रममा विशिष्ट अतिथि एंव पूर्व अभिभावक निर्मला केसीले स्कूललाई आफुले विगतदेखि नै व्यत्तिगत तवरवाट समेत सक्दो सहयोग गरेको जनाकारी गराउदै अवका दिनमा पनि भौतिक एवं शैक्षिक गुणस्तर सुधारका लागी सहयोग निरन्तर जारी रहने उल्लेख गर्नुभयो ।
विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष नारायण कुमार श्रेष्ठको अध्यक्षता सम्पन्न भएको कार्यक्रममा उत्कृष्ट अभिभावक, उत्कृष्ट शिक्षक र पाँच वर्षदेखि निरन्तर विद्यालयमा अध्यापन गराउने शिक्षकशिक्षिकाहरुलाई सम्पान गरेको थियो ।
उत्कृष्ट शिक्षकबाट सम्मानित हुनुहुनेमा नौ वर्षदेखि अध्यापन गराइराख्नुभएकी शिक्षिका प्रतिमा राई हुनुहुन्छ भने उत्कृष्ट अभिभावकहरुमा ज्ञानी सिंखडा र शोभा सापकोटा सम्मानित हुनुभएको छ ।
वार्षिक उत्सवमा विद्यालयलाई विभिन्न क्षेत्रबाट सहयोग गर्ने सहयोगी, अभिभावक, पुर्व शिक्षक शिक्षिकालाई सम्मानका साथै मायाको चिनो वितरण गरिएको थियो । कार्यक्रमको सन्चालन शिक्षिका अमृता खतिवडाले गर्नुभएको थियो । २०६१ सालमा स्थापित विद्यालयमा करिब ५ सय विद्यार्थी अध्ययनरत रहेका छन् ।



निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |