प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि
धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा
दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई
धादिङ दुर्घटना अपडेट : १९ जनाको मृत्यु, २५ घाइते (विवरण सहित)
धादिङमा चट्याङ पर्दा एक किशोरीको मृत्यु, दुई जना घाइते
धादिङ, १७ माघ ।
बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जमकट्टेलको प्रमुख राजनीतिक सल्लाहकारमा नेकपा माओवादी केन्द्रका युवा नेता देवीप्रसाद ढकाल नियुक्त हुनु भएको छ ।
भक्तपुर निवासी ढकाललाई आज बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले प्रमुख राजनीतिक सल्लाहकारमा नियुक्त गरेको हो । विशेष गरी अर्थ राजनीतिक विषयका जानकार ढकालको ‘समाजवाद र नेपाल’ पुस्तक प्रकाशित छ । यसअघि उहाँका विभिन्न छ वटा पुस्तक समेत प्रकाशित भइसकेका छन् । मुलुकको अर्थतन्त्र तथा सामाजिक न्यायका विषयमा चासो राख्ने र सोही विषयमा कलम चलाउने ढकाल माओवादीभित्र बौद्धिक नेताको परिचय बनाउनुभएको छ ।
यसअघि तत्कालीन अर्थमन्त्री बर्षमान पुनको प्रमुख स्वकीय सचिवको जिम्मेवारी समेत सम्हाल्नुभएका ढकाल गत मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा माओवादी केन्द्रको चुनावी घोषणापत्र लेखन समिति सदस्यका रुपमा समेत काम गर्नुभएको थियो ।
बागमती प्रदेश सरकारले प्रदान गरेको जिम्मेवारीलाई आफूले इमान्दार भएर निर्वाह गर्ने नेता ढकालले बताउनुभयो । उहाँले आफूलाई यस अवसर प्रदान गरेकामा मुख्यमन्त्री जमकट्टेल र बागमती प्रदेश सरकारलाई धन्यवाद दिनुभयो ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |