Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ अषाढ १४, आईतबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार
  • सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
  • रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
  • रिलायन्स फाइनान्स र लाङ्घाली डेन्टलबीच सम्झौता: दन्त उपचारमा ५० प्रतिशतसम्म विशेष छुट रिलायन्स फाइनान्स र लाङ्घाली डेन्टलबीच सम्झौता: दन्त उपचारमा ५० प्रतिशतसम्म विशेष छुट
  • सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित
  • धादिङको पुछार बजारमा दुई दिने रोग विशेष योग शिविर आयोजना हुने धादिङको पुछार बजारमा दुई दिने रोग विशेष योग शिविर आयोजना हुने

‘सकारात्मक कुरामा ध्यान दिऔँ’

१९२१ पटक पढिएको प्रकाशित मिति: २०७९ माघ १७, मंगलबार (३ साल अघि)
‘सकारात्मक कुरामा ध्यान दिऔँ’

पाटन,१७ माघ

राष्ट्रिय मानवअधिकार आयोगका सदस्य प्रा डा सूर्यप्रसाद ढुङ्गेलले मानसिक समस्या (डिप्रेसन)भयो भनेर लज्जित नहुन आग्रह गर्नुभएको छ । सडक आश्रित मानवमुक्त अभियान नेपालद्वारा सोमबार ललितपुरमा आयोजित आत्महत्या रोकथामसम्बन्धी सहयोगी पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँ मानसिक समस्या पनि एकप्रकारको रोग भएकाले बेलैमा सचेत भई उपचार गर्नुपर्छ भन्नुभयो । “मानसिक समस्या भयो भनेर लज्जित हुनुपर्ने कुनै कारण छैन । हरेक मान्छेमा समस्या हुन्छ ।

कति प्रतिशत भन्नेमात्रै हो । पाँचा–सात प्रतिशत हुँदा हामीलाई याद नभएको हुन सक्छ । धेरै प्रतिशत हुँदा समस्या हुने हो”, उहाँले भन्नुभयो, “आफ्नो ज्यान आफैँले समाप्त गर्नु भनेको मानवअधिकार हनन् पनि हो । बाँच्न पाउने अधिकारबाट आफैँले आफैँलाई समाप्त पार्नु पनि पाप हो । तसर्थ आत्महत्या गरेर आफ्ना परिवारजन, आफन्तमाथि पनि अन्याय गर्नुहुँदैन । एउटा मानिससँग धेरै मान्छेको साथ र अपेक्षा जोडिएको हुन्छ ।” कार्यक्रममा युनिसेफका प्रतिनिधि रामप्रसाद गौतमले हरेक मानिसमा घटना र परिस्थितिलाई ग्रहण गर्न सक्ने र सहन गर्न सक्ने क्षमता फरकफरक हुने तर्क गर्नुभयो ।

“असहज परिस्थितिको सामना गर्ने क्षमता कम हुने भएकाले आत्महत्या गर्ने अवस्थासम्म पुग्ने गरेको देखियो । बालबालिकामा एक खालको डर, त्रास र अनिन्द्रा हुने, खाना खान मन नलाग्ने लगायतका समस्या धेरै अगाडि समयदेखि देखिँदो रहेछ, त्यसलाई बेलैमा पहिचान गरेर उनीहरुमा देखिने समस्या समाधान गर्ने हो भने आत्महत्या धेरै हदसम्म कम हुन्छ ।” उहाँले भन्नुभयो । अन्तरधार्मिक परिषद्का अध्यक्ष दामोदर गौतमले आत्महत्या गरेर मर्नेको मलामी जानु पनि महापाप हुन्छ भन्ने कुरा मनुस्मृतिको पाँचौँ अध्यायमा उल्लेख भएको सुनाउनुभयो । उहाँले भन्नुभयो, “सबै धर्मग्रन्थ सकारात्मक छन्, समाजमा मात्रै नकारात्मक व्याख्या गरेर खराब बनाइएको हो । सबै धर्मग्रन्थले आत्महत्या गर्नुलाई पापको रुपमा व्याख्या गरेको छ ।” अभिभावक सङ्घका अध्यक्ष सुप्रभात भण्डारीले आफ्ना समस्या लुकाएर राख्ने प्रवृत्तिका कारण मानसिक समस्या बढ्दै आत्महत्यासम्म पुग्ने गरेको बताउनुभयो ।उहाँले भन्नुभयो, “शिक्षा, संस्कार, संस्कृति, जीवन र दर्शनसँग जोडेर हामीले हाम्रा बालबालिकालाई सक्षम बनाउनुपर्छ ।

आत्महत्या रोकथामका लागि विद्यालय र क्याम्पसका विद्यार्थीलाई पनि बुझाएर सचेतना जगाउने काम गर्नुपर्दछ ।” त्रिभुवन विश्वविद्यालय मनोविज्ञान केन्द्रीय विभागकी प्रा डा नन्दिता शर्माले मानिसमा चाहना असीमित हुँदा महत्वकांक्षाले नकारात्मकता तीर लैजाने र परिपूर्ति नहुँदा आत्महत्यासम्म पुग्ने गरेको बताउनुभयो । ९९ प्रतिशत आत्महत्या जनचेतना, समन्वय र सहयोगमार्फत रोक्न सकिनेमा उहाँले जोड दिनुभयो । नायब प्रहरी निरीक्षक महसुद आलम खाँले मानिसको आवश्यकता र सहजतालाई मिलाएर काम गर्ने सक्ने वातावरण सिर्जना गरेर यसलाई नियन्त्रण गर्न सकिने बताउनुभयो । सुख सुविधाको भोकमा लाग्दा अशान्ति कायम हुने र आत्महत्याको अवस्था सिर्जना हुने उहाँको तर्क थियो ।

नेपाल नगरपालिका सङ्घका कार्यकारी निर्देशक कलानिधि देवकोटाले आत्महत्याको भयावहबाट हरेक वर्ग प्रताडित रहेको बताउनुभएको छ । विपद् प्रतिकार्यका लागि काम गर्छौँ त्यसैगरी आत्महत्या रोकथामका लागि रणनीतिक कार्य गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । मनोवैज्ञानिकविद् पदमप्रसाद घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा सहभागीले आत्महत्या रोकथाम सबै तहका सरकारको जिम्मेवारीमा पर्ने भएकाले समन्वयका साथ यसका लागि आवश्यक काम अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धि थप
  • न्यूनतम सेवा मापदण्डमा ढोला स्वास्थ्य चौकी जिल्लाकै उत्कृष्ट

    न्यूनतम सेवा मापदण्डमा ढोला स्वास्थ्य चौकी जिल्लाकै उत्कृष्ट

  • दुई महिने सिलाइ–कटाइ तालिम सकियो

    दुई महिने सिलाइ–कटाइ तालिम सकियो

  • सिद्धलेकमा ‘समुदायसँग अदालत’ अन्तरक्रिया कार्यक्रम सम्पन्न

    सिद्धलेकमा ‘समुदायसँग अदालत’ अन्तरक्रिया कार्यक्रम सम्पन्न

  • नेत्रावती डबजोङमा तीनदिने विपद् पूर्वतयारी तथा व्यवस्थापन तालिम सुरु

    नेत्रावती डबजोङमा तीनदिने विपद् पूर्वतयारी तथा व्यवस्थापन तालिम सुरु

  • समाचार
    न्यूनतम सेवा मापदण्डमा ढोला स्वास्थ्य चौकी जिल्लाकै उत्कृष्ट

    न्यूनतम सेवा मापदण्डमा ढोला स्वास्थ्य चौकी जिल्लाकै उत्कृष्ट

    दुई महिने सिलाइ–कटाइ तालिम सकियो

    दुई महिने सिलाइ–कटाइ तालिम सकियो

    सिद्धलेकमा ‘समुदायसँग अदालत’ अन्तरक्रिया कार्यक्रम सम्पन्न

    सिद्धलेकमा ‘समुदायसँग अदालत’ अन्तरक्रिया कार्यक्रम सम्पन्न

    नेत्रावती डबजोङमा तीनदिने विपद् पूर्वतयारी तथा व्यवस्थापन तालिम सुरु

    नेत्रावती डबजोङमा तीनदिने विपद् पूर्वतयारी तथा व्यवस्थापन तालिम सुरु

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0