वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’
कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय
नेपाली कांग्रेसको १५औँ महाधिवेशनः केन्द्रीय महाधिवेशन प्रतिनिधिमा यामनाथ दनैको उम्मेदवारी
धादिङका छ पालिकाले दिए दुई दिन विद्यालय बिदा
देश रोएका बेला परदेश बस्न नसक्ने एनआरएनए उपाध्यक्ष लोकप्रसाद दाहाल
नेपाली कांग्रेस धादिङको १५औँ महाधिवेशनः धादिङ–२ (१) को सभापतिमा युवा नेता प्रकाश कुमार श्रेष्ठको उम्मेदवारी
धादिङ,६ माघ ।
धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ९ स्थित चण्डेश्वरी माध्यमिक विद्यालयको ४५ औँ अभिभावक भेला तथा भवन हस्तान्तरण कार्यक्रम बिहिबार सम्पन्न भएको छ ।बिहिबार एक कार्यक्रमका बिच जाईकाको सहयोगमा निर्माण भएको १२ कोठे विद्यालयको भवन विद्यालयलाई हस्तान्तरण गरीएको छ । विद्यालय व्यवास्थापन समितिका अध्यक्ष डिल्ली प्रसाद लम्सालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रदेश सांसल गोविन्द लम्सालको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा प्रदेश समानुपातिक सांसद शिवराज अधिकारी,नगरपालिका संघका केन्द्रिय अध्यक्ष तथा नीलकण्ठ नगरपालिकाका मेयर भीम प्रसाद ढुंगाना,जिल्ला समन्वय समितिका उप प्रमुख कुलमान विक,नीलकण्ठ नगरपालिकाका उप मेयर दिपक विश्वकर्माको विशेष आतिथ्यता रहेको थियो । कार्यक्रममा वडा नम्बर ८ का वडा अध्यक्ष प्रकाश श्रेष्ठ,वडा नम्बर ९ का अध्यक्ष राजन बराईली,ओसिजीका डेपुटी टिम लिडर नरेशराज आर्चाय लगायतको आतिथ्यता रहेको विद्यालयका प्रधानाध्यापक हरी ईटनीले जानकारी दिनुभयो।

कार्यक्रमलाई सम्बोधन गर्दैै अतिथीहरुले विद्यालयको शैक्षिक,भौतिक तथा अन्य सुधार गर्नको लागि आफुहरु प्रतिबद्ध रहेको बताउनु भएको थियो । यसैगरी नीलकण्ठ नगरपालिकाका मेयर भीम प्रासद ढुंगानाले बाल कक्षामा बालबालिकाहरुको चाप बढी भए नगरपालिकाले नयाँ शिशिक्षा पठाउने बताउनुभयो । आवश्यकता आधारमा माग भएर कार्यपालिकाको बैठकले निर्णय गरेर सहयोग गर्ने बताउनु भएको हो । कार्यक्रममा विद्यालयलाई सहयोग गर्ने व्यक्ति,संघ संस्थाहरुलाई सम्मान गरीएको थियो ।
मुख्य समाचार
मुख्य समाचार
मुख्य समाचार
स्थानीय मुद्दादेखि राष्ट्रिय सरोकारसम्म, भरपर्दो समाचार र जनताको आवाजलाई जोड्ने निलकन्ठ एफ.एम. र अनलाइन खबर पोर्टल ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
बागमती प्रदेश, नेपाल
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... |
| कार्यक्रारी सम्पादक : | |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |
ताजा समाचार, विशेष सामग्री र रेडियो कार्यक्रम सुन्न हामीसँग जोडिनुहोस् ।