वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’
कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय
नेपाली कांग्रेसको १५औँ महाधिवेशनः केन्द्रीय महाधिवेशन प्रतिनिधिमा यामनाथ दनैको उम्मेदवारी
धादिङका छ पालिकाले दिए दुई दिन विद्यालय बिदा
देश रोएका बेला परदेश बस्न नसक्ने एनआरएनए उपाध्यक्ष लोकप्रसाद दाहाल
नेपाली कांग्रेस धादिङको १५औँ महाधिवेशनः धादिङ–२ (१) को सभापतिमा युवा नेता प्रकाश कुमार श्रेष्ठको उम्मेदवारी
धादिङ,४ माघ
व्यवसायिक कर्जामा व्याज अनुदान उपलब्ध गराउन नीलकण्ठ नगरपालिका र ग्लोबल आईएमई बैंक बिच बुधबार एक कार्यक्रमबिच सम्झौता पत्रमा हस्ताक्षर गरीएको छ । मेयर उद्यमशिलता तालिम लिएर बसेका नगरबासीलाई नीलकण्ठ नगरपालिकाले व्यवसायिक कर्जामा प्रदान गरिने ब्याजमा अनुदान दिने भएको हो ।

उक्त अनुदान संचालन गर्न ग्लोबल आइएमई बैक.लि र नीलकण्ठ नगरपालिका धादिङ बिच सहुलियतपुर्ण कर्जा सहजीकरण तथा संचालन गर्ने सम्बन्धी हस्ताक्षर भएको हो । नेपाल नगरपालिका संघका केन्द्रिय अध्यक्ष तथा नीलकण्ठ नगरपालिकाका मेयर भीम प्रसाद ढुंगाना र ग्लोबल आइएमई बैकका कार्यकारी अधिकृत सुरेन्द्र राज रेग्मीले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको छ ।सिप भएर व्यवसाय गर्न लगानी नभएका युवाहरुलाई लक्षित गर्दै निलकण्ठ नगरपालिकाले व्यवसाय संचालन गर्न सहयोग गर्ने नीलकण्ठ नगरपालिकाका प्रमुख भीम प्रसाद ढुंगानाले बताउनुभयो ।

कृषी, पशुपालन, घरेलु उद्योग तथा अन्य नयाँ ब्यावसाय सन्चालन गर्न चाहने नगरबासीहरु प्रत्यक्ष लाभान्वित हुने नगर प्रमुख ढुंगानाको भनाई छ। बिनाधितो २ लाख सम्म व्यावसाय सन्चालन गर्नको लागि बैंकले कर्जा दिनेछ । साथै त्यसको व्याज नगरपालिकाले बैंकलाई तिरिदिने सम्झौता भएको छ । स्वदेशमै व्यावसाय गर्ने योजना बनाएका युवाहरुलाई लक्षित गरि ‘ नीलकण्ठ नगरपालिकाको उद्यमीहरुलाई व्यवसायिक कर्जामा प्रदान गरिने व्याज अनुदान सम्बन्धी कार्यविधि २०७६ बनाएर बिना धितो ऋण दिन लागिएको ढुंगानाले बताउनु भएको छ ।

स्थानीय स्रोत, साधन र सिपलाई सदुपयोग गरी स्थानीय स्तरमा रोजगारी श्रृजना गर्न,आत्मनिर्भर अर्थतन्त्रको विकास गरी समृद्ध नगर र सुखी नगरबासीको आकांक्षा पुरा गर्न नगरपालिकाले यस्तो कार्यक्रम ल्याएको नगर उप प्रमुख दिपक विश्वकर्माले बताउनुभयो ।कृषिलाई व्यवसायिक बनाउँदै एक वडालाई एक पकेट क्षेत्र बनाएर युवालाई उद्यमी बनाउने नगरपालिकाको लक्ष्य रहेको नगरपालिकाका उपप्रमुख विश्वकर्माले बताउनुभयो ।

मुख्य समाचार
मुख्य समाचार
मुख्य समाचार
स्थानीय मुद्दादेखि राष्ट्रिय सरोकारसम्म, भरपर्दो समाचार र जनताको आवाजलाई जोड्ने निलकन्ठ एफ.एम. र अनलाइन खबर पोर्टल ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
बागमती प्रदेश, नेपाल
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... |
| कार्यक्रारी सम्पादक : | |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |
ताजा समाचार, विशेष सामग्री र रेडियो कार्यक्रम सुन्न हामीसँग जोडिनुहोस् ।