धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार
सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
सुनगाभा एकेडेमीमा अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम
सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित
धादिङको पुछार बजारमा दुई दिने रोग विशेष योग शिविर आयोजना हुने
धादिङ,३० पुस ।
गल्छि गाउँपालिका वडा नम्बर ८ मा रहेको बाघ बच्छला महादेवको मन्दिरमा क्षमा पुजा गरीएको छ।केहि बर्ष अघि पनि गाउँगा दिउँसै बाघ आउन थालेपछि यस्तै पुजा गरेपछि बाघले दुख नदिएको स्थानीय नवराज रेग्मीले जानकारी दिनुभयो।विशेष गरी बाघ बच्छला महादेवको मन्दिरमा पुजाआजाको विधि विग्रीदा बाघले दुख दिने गरेको धार्मिक विश्वार रहिआएको रेग्मीले बताउनुभयो।
विशेष गरी बाघ र बाछीसँग जोडिएको धार्मिक कथन अनुसार पुजाको विधि बिग्रीयो भने दिउँसै बाघ आउने,कराउने,गाउँमा बस्ने र दुख दिने गरेको किंवदन्ती रहेको छ।यसबर्ष पनि गाउँमा बाघ आएर दुख दिने गरेपछि सामुहिक रुपमा बा्रमण बोलाएर क्षमा पुजा गरीएको हो।गल्छि गाउँपालिका वडा नम्बर ८ को चुली,सिम्पानी,डाँडागाउँ,नयाँगाउँ,नेपाल थोक लगायतका स्थानीयहरु मिलेर रुद्री पुजा सहित क्षमा पुजा गरीएको स्थानीय रामबहादुर थापाले बताउनुभयो ।
गल्छि गाउँपालिका वडा नम्बर ८ मा रहेको बाघ बच्छला मन्दिरमा आफुले जे माग्यो उहि पुग्ने धार्मिक विश्वास रहेको छ ।गल्छि बजारबाट ४५ मिनेटको सवारी साधनबाट पुग्न सक्ने उक्त मन्दिरको प्रचार प्रसार तथा पुर्ननिर्माणको लागि पालिकाले खासै ध्यान नदिएको स्थानीयले आरोप लगाएका छन्।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |