प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि
धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा
दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई
धादिङ दुर्घटना अपडेट : १९ जनाको मृत्यु, २५ घाइते (विवरण सहित)
धादिङमा चट्याङ पर्दा एक किशोरीको मृत्यु, दुई जना घाइते
काठमाडौँ, २५ पुस ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले देशलाई शिरमा राखेर जनताको हितमा काम गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै उहाँले संसद्मा जनादेशबमोजिम राष्ट्रियता, राष्ट्रिय एकता, विकास, सुशासन र सेवा प्रवाहमा विगत झैँ दृढताका साथ उभिने बताउनुभयो ।
अध्यक्ष लिङ्देनले भन्नुभयो, “हामी कसैले कसैलाई निषेध गरेर म मात्रै अघि बढ्छु भन्ने अवस्था छैन, सबैको विचारभन्दा माथि देश छ, देशभन्दा माथि नागरिक छन्, त्यसैले देशलाई शिरमा राखेर मुलुकका यावत् समस्यालाई सामूहिकरुपमा समाधान गर्ने दिशातर्फ अग्रसर हुनसक्नुपर्छ ।”
अध्यक्ष लिङ्देनले संसद्मा पार्टीको अपेक्षित सङ्ख्या नभए पनि जनमतको सम्मान गर्दै देश र जनताका पक्षमा काम गर्ने विश्वास व्यक्त गर्नुभयो । सबै राजनीतिक दल मिलेर देशको समस्या समाधान गर्ने जनादेश रहेको भन्दै उहाँले आगामी दिनमा जनताको अभिमतलाई सम्मान गर्दै देश र जनताका पक्षमा काम गर्ने बताउनुभयो । “जनताले कुनै एउटै राजनीतिक दलमाथि विश्वास गर्न सकेनन् र अहिलेको जनमतले पनि त्यही भनेको छ । सबै राजनीतिक दल मिलेर मात्रै देशको समस्याको निकास गर्न सकिन्छ भन्ने जनादेश छ”, अध्यक्ष लिङ्देनले भन्नुभयो ।
उहाँले जनताले कृषिका लागि बीउ, मल पाउन नसकेको र विकास निर्माणको काम पनि सुस्त रहेको भन्दै यी सबै समस्याको समाधान गर्न आफूहरु प्रतिनिधिसभामा आएको उल्लेख गर्नुभयो।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |