धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार
सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
सुनगाभा एकेडेमीमा अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम
सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित
धादिङको पुछार बजारमा दुई दिने रोग विशेष योग शिविर आयोजना हुने
धादिङ,२४ पुस ।
महालक्ष्मी विकास बैँक लिमिटेड धादिङ शाखाले कर्णेश्वर माध्यमिक विद्यालयका विद्यार्थीहरुको लागि छात्राबृत्ति प्रदान गरेको छ । नीलकण्ठ नगरपालिका वडा नम्बर ७ मा रहेको कर्णेश्वर माध्यमिक विद्यालयका विद्यार्थीहरुको लागि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत छात्राबृत्ति वितरण गरेको हो।
आईतबार एक कार्यक्रमका बिच महालक्ष्मी विकास बैँकका प्रवन्धक खिल प्रसाद सिलवालले विद्यालयका प्रधानाध्यापक विष्णुहरी अधिकारीलाई ३५ हजारको चेक हस्तान्तरण गर्नुभएको हो।विद्यालयको ६२ औँ स्थापना दिवस,खेलकुद तथा दोस्रो त्रैमासिक परिक्षाको नतिजाको पुरस्कार वितरण तथा अभिभावक दिवस कार्यक्रमको अवसर पारेर छात्रवृत्ति प्रदान गरीएको विद्यालयले जानकारी दिएको छ ।
विद्यालयका प्रधानाध्यपक अधिकारीले विद्यार्थीहरुलाई प्रदान गरेको छात्रवृत्ति रकमले गरिव तथा जेहन्दार विद्यार्थीहरुको शैक्षिक विकासको लागि ठूलो सहयोग पुगेको बताउनुभयो।विद्यालय व्यवस्थपन समितिका अध्यक्ष अजुर्न कुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नीलकण्ठ नगरपालिका वडा नं ७ का वडा अध्यक्ष गौतमहरी अधिकारीको प्रमुख आतिथ्यता रहेको थियो ।आगामि दिनहरुमा पनि बैंकले गरिव दलित तथा जेहेन्दार विद्यार्थीहरुको शिक्षाको लागि सहयोग गर्दै जाने शाखा प्रवन्धक सिलवाले बताउनुभयो ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |