धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार
सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
सुनगाभा एकेडेमीमा अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम
सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित
धादिङको पुछार बजारमा दुई दिने रोग विशेष योग शिविर आयोजना हुने
धादिङ,२४ पुस ।
धादिङको नेत्रावती डबजोङ गाउँपालिकामा विपद व्यवस्थापन सम्बन्धि तालिम आईतबारबाट सुरु भएको छ ।नेत्रावती डबजोङ गाउँपालिकाको आयोजना र डिपिओ नेपालको समन्वयमा आईतबारदेखी चार दिने तालिम सुरु भएको हो।नेत्रावती डबजोङ गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरेराम शाहको अध्यक्षता तथा गाउँपालिकाका अध्यक्ष मेधनाथ रिजालको प्रमुख आतिथ्यतामा उद्घाटन सत्र सम्पन्न भएको छ।
उद्घाटन सत्रमा गाउँपालिकाका योजना तथा प्रशासन शाखाका प्रमुख अनुप लामिछानेले स्वागत मन्तव्यका साथै तालिमको औचित्यको बारेमा बताउनुभएको थियो ।उद्घाटन शत्रमा सम्बोधन गर्नुहुदै गाउँपालिकाका अध्यक्ष मेघनाथ रिजालले विपद न्युनिकरण गर्ने भुमिका, दायित्व र नेतृत्व लिनुपर्ने भएकोले गहन भएर जिम्मेवारी पुर्वक तालिम लिन सहभागिहरुलाई आग्रह गर्नुभएको छ । कथम कदाचित विपद आईहालेको अवस्थामा पनि लागु गर्न सकियोस् भन्ने उद्धश्यले पुर्व तयारीको लागि तालिमको आयोजना गरिएको रिजालले बताउनु भयो ।
तालिममा सिकेर व्यवहारमा उर्तानको लागि सहभागिहरुको अहम भुमिका हुनेभएकोले धैर्यताका साथ निरन्तरता दिएर भोलि जस्तोसुकै विपद आइपरे पनि त्यस्को सामना गर्न सक्ने हुनुपर्ने बताउनुभएको छ।यस्तै गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरेराम शाहले विपद न्युनिकरणको लागि के गर्न सकिन्छ ? विपदको समयमा स्थानिय तह र प्रहरीसँग कसरी समन्वय गर्ने, कोभिडजन्य महामारीलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा छलफल गर्नुभएको थियो।
विपद आउन नदिन र विपदबाट बच्नको लागि सबैले हातेमालो गर्नुपर्ने प्रमुख प्रशासकिय अधिकृत शाहले बताउनुभयो ।
कार्यक्रममा नेत्रावती डबजोङ गाउँपालिकाका प्रवक्ता तथा वडा नं १ का वडा अध्यक्ष ठाकुर गुरुङ, वडा नं ३ का वडा अध्यक्ष सुरेश वाईवा, वडा नं ४ का वडा अध्यक्ष तिल बहादुर गुरुङ, नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा धादिङका उप सभापति डोल बहादुर अधिकारीको आतिथ्यता रहेको थियो ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |