निर्वाचन आयोगको निर्णय मान्न र नयाँ नेतृत्वलाई स्वीकार्न धादिङ कांग्रेस सचिव विकास श्रेष्ठको अपिल
निरन्जना माविले जित्यो पालिका स्तरिय राष्ट्रपति रनिङ शिल्डको उपाधी
उत्तम अधिकारी पुनः रास्वपामा प्रवेश
धादिङ–२ मा नेकपाको चुनावी तयारी तीव्र : सातै पालिकामा जिम्मेवारी बाँडफाँट
नेपाली काँग्रेसको चुनावी अभियान तिव्रः हेमराज श्रेष्ठको नेतृत्वमा १५१ सदस्यीय निर्वाचन परिचालन समिति गठन
विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्वको पक्षमा खुले धादिङ कांग्रेस सभापति अधिकारी, गगन थापालाई दिए बधाई
धादिङ । युनाइटेड सिमेन्ट प्रा।लि।ले नेपाल विद्युत प्राधिकरणलाई १६ करोड १९ लाख ४१ हजार आठ सय १९ रुपैंया विद्युत महशुल तिर्नुपर्ने धादिङ जिल्ला अदालतले ठहर गरेको छ । सिमेन्ट उद्योगले विद्युत खपत गरेवापतको रकम प्राधिकरणलाई तिर्नुपर्ने धादिङ जिल्ला अदालतका न्यायधिस स्वीकृति पराजुलीको इजलासले आइतबार फैसला सुनाएको हो ।

धादिङको धुनिबेसी नगरपालिकास्थित जुगेडीमा संचालित सिमेन्ट उद्योगले लोड सेडिङको समयमा ट्रङ्क लाइनबाट जोडिएको विद्युत महशुल छुट पाउनुपर्ने भन्दै नेपाल विद्युत प्राधिकरणको विरुद्ध धादिङ जिल्ला अदालतमा मुद्धा दायर गरेको थियो ।
जिल्ला अदालतमा मुद्धा दायर गर्नुपूर्व उद्योगले उच्च अदालत पाटनमा रिट दायर गरेको थियो तर, उच्च अदालतका तत्कालिन मुख्य न्यायधिस नहकुल सुवेदी र न्यायधिक टेकनारायण कुवरको इजलासबाट प्राधिकरणसँग सम्बन्धित निकायमा दावी नगरी सिधै उच्च अदालत आएको भन्दै उत्प्रेषणको आदेशबाट रिट बदर भएको थियो । २०७३ भदौदेखि २०७५ चैतसम्म टङङ्क लाइन तथा डेडिकेटेड महशुल तिर्नुपर्ने नेपाल विद्युत प्राधिकरणले ठहर गरी महशुल चुक्ता गर्न आग्रह गरेको थियो ।


निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |