वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’
कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय
नेपाली कांग्रेसको १५औँ महाधिवेशनः केन्द्रीय महाधिवेशन प्रतिनिधिमा यामनाथ दनैको उम्मेदवारी
धादिङका छ पालिकाले दिए दुई दिन विद्यालय बिदा
देश रोएका बेला परदेश बस्न नसक्ने एनआरएनए उपाध्यक्ष लोकप्रसाद दाहाल
नेपाली कांग्रेस धादिङको १५औँ महाधिवेशनः धादिङ–२ (१) को सभापतिमा युवा नेता प्रकाश कुमार श्रेष्ठको उम्मेदवारी
धादिङ,८ पुस ।
भ्रष्टाचार अभियोगमा विशेष अदालतमा मुद्दा खेपिरहरेका नेपाली कांग्रेस सांसद टेकप्रसाद गुरुङ र हत्या अभियोगमा फरार सूचीमा रहेका एमाले सांसद लक्ष्मी महतो कोइरीले प्रतिनिधिसभा सदस्यका रूपमा शपथ लिएका छन् ।
कानुनअनुसार गुरुङ स्वतः निलम्बनमा परेका र कानुनी हिसाबले फरार सूचीमा रहेकाहरूले नै कानुन बनाउने सभाको शपथ लिएका हुन् । सशस्त्र प्रहरीका असई थमन विक हत्या अभियोगमा प्रहरीको फरार सूचीमा रहेका महतोले महोत्तरी(१ बाट एमालेको उम्मेदवार बनेर निर्वाचन भए ।
२०७२ को मधेस आन्दोलनमा सशस्त्र प्रहरीका सहायक निरीक्षक थमन विकलाई खेतमा लखेटी लखेटी हत्या गरेको आरोपमा लक्ष्मीमहतो कोइरी अहिले पनि फरार सूचीमा रहेका व्यक्ति हुन्। तर, निर्वाचनको समयमा जसपा छाडेर एमाले प्रवेश गरेलगत्तै एमालेले टिकट दिएर चुनाव जिताएको हो ।
बिहीबार उनले कानुन निर्माण गर्ने थलोमै सांसदका रूपमा शपथ लिएको संसद् सचिवालयले जनाएको छ। त्यस्तै, भ्रष्टाचार अभियोगमा विशेष अदालतमा मुद्दा खेपिरहेका कांग्रेस नेता तथा पूर्वमन्त्री टेकप्रसाद गुरुङ मनाङबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भए ।
तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाको नेतृत्वमा श्रम तथा रोजगार राज्यमन्त्री भएको समयमा उनले काठमाडौं फनपार्कको जग्गा भाडामा लगाउँदा भ्रष्टाचार गरेको अभियोग लागेको छ । अख्तियारले गुरुङसहित १६ जनाविरुद्ध २०७५ माघमा विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।
उक्त मुद्दा हालसम्म विचाराधीन छ । गुरुङलाई ३१ करोडको बिगो तोकिएको छ । सरकारी सम्पत्ति हिनामिना गरेको अभियोग लागे पनि उनलाई जनताले सांसद बनाएर पठाएका छन्। नेपाल समाचारपत्र दैनिकबाट ।
मुख्य समाचार
मुख्य समाचार
मुख्य समाचार
स्थानीय मुद्दादेखि राष्ट्रिय सरोकारसम्म, भरपर्दो समाचार र जनताको आवाजलाई जोड्ने निलकन्ठ एफ.एम. र अनलाइन खबर पोर्टल ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
बागमती प्रदेश, नेपाल
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... |
| कार्यक्रारी सम्पादक : | |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |
ताजा समाचार, विशेष सामग्री र रेडियो कार्यक्रम सुन्न हामीसँग जोडिनुहोस् ।