ईभी हाइस रोकेर चालक श्रेष्ठ आफू अस्ताए, धादिङका १८ कानून व्यवसायीलाई बचाए
बाढीपीडितका लागि ज्वालामूखीका कर्मचारीले सात दिनको तलब सहयोग गर्ने
रसुवा बाढीपहिरोमा नीलकण्ठका २९ जनाको मृत्यु पुष्टि, नगरपालिकाले खोज, उद्धार र अन्त्येष्टि खर्च व्यहोर्ने,भोलि शोक विदा दिने निर्णय
बाढी प्रभावित नुवाकोटको अक्करेमा पतञ्जली योग समिति धादिङद्वारा सामूहिक भोजन सेवा
वडा अध्यक्ष अक्षय कोष, नीलकण्ठ कर्मचारी र ब्याडमिन्टन खेलाडीको सहयोगमा नुवाकोटमा राहत वितरण
विपद् प्रभावितको उद्धार र पुनःस्थापनामा ज्वालामूखी जनप्रतिनिधिको एक महिनाको सेवा–सुविधा सहयोग गर्ने
धादिङ,०३ पौष ।
धादिङको गल्छी गाउँपालिका वडा नं ७ भल्टार क्षेत्रमा सञ्चालित होटलहरुमा अनुगमन गरिएको छ । जिल्ला अनुगमन टोली धादिङले शनिबार गल्छी गाउँपालिकाका होटल अनुगमन गर्दा उपभोक्ता हित विपरीत गर्ने ३ वटा होटललाई नगद जरिवाना सहित कारबाही गरेको छ ।
टोलिले गल्छी गाउँपालिकाका–७, भल्टारकोे जुनतारा रेष्टुरेण्ट एण्ड लजलाई १५ हजार, न्यू लुम्बिनी होटललाई १५ हजार र गल्छी गाउँपालिका–७ कै दर्ता नभएको एक होटललाई २० हजार जरिवाना तिराइएको घरेलु कार्यालय धादिङले जनाएको छ ।
अनुगमनको क्रममा २६ हजार ६ सय रुपैयाँ बराबरको म्याद गुज्रेका÷सडेगलेका प्रयोग गर्न अयोग्य सामाग्रीहरु नष्ट गरेको छ । कारबाहीमा परेका फर्महरुले निर्धारित मुल्यभन्दा बढी रकम लिएको, म्याद गुज्रेका सामाग्री बिक्री गरेको र दर्ता नगरी सञ्चालनमा गरेको पाइएको जरिवाना तिराईएको घरेलु कार्यालय धादिङले जनाएको छ ।
उपभोक्ताको निरन्तर गुनासो पश्चात प्रशासन, घरेलु लगाएतका सम्बन्धित निकायहरुले जिल्लाका विभिन्न स्थानहरुमा बजार अनुगमन गर्दै आएको छ। जिल्ला अनुगमन टोलीले उपभोक्तालाई सचेत बन्न र गुनासो गर्ने बानी बसाल्न आग्रह समेत गरेको छ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |