वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’
कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय
शिवज्योती महिला बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्षमा शोभा छत्कुली निर्वाचित
नेपाल क्षयरोग निवारण संस्था धादिङको अध्यक्षमा श्रीकृष्ण अधिकारी चयन
नेपाली कांग्रेसको १५औँ महाधिवेशनः केन्द्रीय महाधिवेशन प्रतिनिधिमा यामनाथ दनैको उम्मेदवारी
धादिङ–काठमाडौं भाडा रु ३९०, गाडी ‘पल्टी’ गर्दा रु ३४० भन्दा बढी लिन नपाइने
काठमाडौँ,१३ मंसिर ।
नेपालमा पहिलोपटक दक्षिण एसियाली टेबल टेनिस च्याम्पियनसिप २०२२ आयोजना हुने भएको छ । अखिल नेपाल टेबल टेनिस संघले प्रतियोगिता मंसिर २२ देखि २५ गतेसम्म लौनचौरस्थित प्रशिक्षण केन्द्रमा आयोजना हुने बताएको हो ।
संघका अध्यक्ष चतुरानन्दराज वैद्यले प्रतियोगिताको लागि तयारी भइरहेको जनाए । ‘नेपालमा हुने निर्णयसँगै हामीले अन्तिम तयारी गरिरहेको छौं,’ चन्दले भने । प्रतियोगितामा नेपालसहित ६ राष्ट्रको सहभागीता रहनेछ । भुटानसँग भने अन्तिम सल्लाह भइरहेको चन्दले बताएका छन् ।
यस प्रतियोगिता ६० भन्दा बढी खेलाडीको सहभागिता रहने प्रतियोगिताको निर्देशक शंकर गौतमले बताए । लिग कम नकआउट आधारमा हुने प्रतियोगिताबाट महिला तथा पुरुष पाँच–पाँच खेलाडी छनोट हुनेछन् । छनोट हुने खेलाडी एसियन च्याम्पियनसिप छनोटमा सहभागी हुनेछन् । यसबाट छनोट हुने खेलाडी विश्व च्याम्पियनसिप छनोटमा सहभागी हुनेछन् ।
विश्व टेबल टेनिस च्याम्पियनसिप क्षेत्रीय छनोटका रूप काठमाडौमा हुन लागेको प्रतियोगितामा नेपालको पुरुषतर्फ रुविन महर्जन, प्रदीप रोक्का, संयोग कपाली, विनेश खनिया र शिवसुन्दर गोथे सहभागी हुनेछन् । यसैगरी महिलातर्फ नविता श्रेष्ठ, एलिना महर्जन, रविना महर्जन, शिखा सुवाल र इभाना थापामगर रहेका छन् ।
नेपाली टोलको मुख्य प्रशिक्षकमा संजीव ढुंगेल र सहायकमा संजय अर्याल र सन्ध्या शाक्य छन् । ढुंगेलले मुख्य खेलाडी स्यान्टु श्रेष्ठ नहुँदा केही दवाव हुने भएपनि अन्य खेलाडी क्षमतावान भएको बताए । ‘स्यान्टु नहुँदा केहि समस्या त हुन्छ । तर, अन्य खेलाडी समेत क्षमतावान छन्,’ उनले भने ।
स्थानीय मुद्दादेखि राष्ट्रिय सरोकारसम्म, भरपर्दो समाचार र जनताको आवाजलाई जोड्ने निलकन्ठ एफ.एम. र अनलाइन खबर पोर्टल ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
बागमती प्रदेश, नेपाल
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
ताजा समाचार, विशेष सामग्री र रेडियो कार्यक्रम सुन्न हामीसँग जोडिनुहोस् ।
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... |
| कार्यक्रारी सम्पादक : | |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |