धादिङ ९, मंसिर ।प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यका लागि धादिङको निर्वाचन सुरक्षामा खटिएका म्यादी प्रहरीको बिदाई गरिएको छ ।
निर्वाचन कार्यलाई स्वतन्त्र, निष्पक्ष, भयरहित र शान्तिपुर्ण वातावरणमा सम्पन गर्न सहयोग गर्ने उदेश्यले ४० दिनको लागि नियुक्ती भएका म्यादी प्रहरीको बिदाई भएको हो ।
धादिङ जिल्लामा रहेको तीन सय तीन वटै मतदान केन्द्रका निर्वाचन सुरक्षामा खटिएका एक हजार छ सय ८३ जना म्यादी म्यादी प्रहरीको बिदाई भएको हो । गृह मन्त्रालयले तयार पारेको विशेष सुरक्षा योजनाअन्तर्गत निर्वाचन सुरक्षाका लागि म्यादी प्रहरी भर्ना गरिएको थियो ।
धादिङ प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद लम्साल ज्यूको प्रमुख आतिथ्यतामा जिल्ला प्रहरी कार्यालय धादिङका कार्यालय प्रमुख प्रहरी उपरीक्षक राकेश सिंहबाट प्रमाण पत्र वितरण गरी म्यादी प्रहरीलाई धन्यवाद व्यक्त गर्दै बिदाई कार्यक्रम सम्पन्न हो ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
neelkanthafm@gmail.com
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
अध्यक्ष : | बद्रि अधिकारी |
प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |