साँधको घाँस काट्ने विषयमा विवाद हुँदा पुर्व वडा अध्यक्ष र छोरा माथि बलात्कारको मुद्वा लगाईयो : स्थानिय
सामुदायिक वन नविकरणलाई प्राथमिकता दिइने छ : डिभिजनल वन अधिकृत पोखरेल
रास्वपाका नेता बोधनारायण श्रेष्ठ भन्नुहुन्छ : ‘कम्प्लेन होइन, कन्ट्रीब्युट गर्न राजनीतिमा आएको हुँ’
धादिङ नेपाली समाज अमेरिकाको सहयोगमा कोस्राङ आविका ६२ जना चेपाङ विद्यार्थीलाई न्यानो कपडा वितरण
आयरा रुवालीको जन्मदिनमा त्रिपुरासुन्दरी भजन समुहलाई भजन सामाग्री सहयोग
नीलकण्ठ नगरपालिका भित्रका १५४ विद्यार्थीलाई उच्च शिक्षा अध्ययनको लागि छात्रबृत्ति वितरण
धादिङ,०७ मंसिर ।
बुधबार धादिङका थप ११ जनामा डेंगी संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय धादिङका अनुसार नीलकण्ठ नगरपालिकाका ८ जना र सिद्धलेक गाउँपालिकाका ३ जना गरी ११ जनामा संक्रमण पुष्टि भएको हो ।
हालसम्म जिल्लामा १ हजार २८३ जना पुरुष र १ हजार ११७ महिला गरी कुल २ हजार ४ सय जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयको विवरणमा उल्लेख गरिएको छ । जिल्लामा कुल संक्रमति मध्ये सबै भन्दा धेरै संक्रमित १५ सय २५ जना नीलकण्ठ नगरपालिमा रहेका छन् भने खनियाबास गाउँपालिकामा सबै भन्दा कम ७ जना संक्रमित रहेका छन् ।
कुल संक्रमित मध्ये १०२ जनाको ठेगाना खुलेको छैन भने ८ जना अन्य जिल्लामा परिक्षण गरिएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ । धादिङ अस्पताल, सल्यान्टार प्राथमिक स्वास्थ्य केन्द्र र गजुरी प्राथमिक स्वास्थ्य केन्द्र) बाट डेंगी परिक्षण हुदैँ आएको छ ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |