कतारमा जारी फिफा विश्वकप फुटबल प्रतियोगितामा नेदरल्यान्ड्सले सेनेगललाई पराजित गरेको छ ।
कतारको दोहास्थित अल थुमामा स्टेडियममा आज राति सम्पन्न खेलमा नेदरल्याण्डसले सेनेगललाई २-० गोल अन्तरले पराजित गरेको हो । नेदरल्यान्ड्सको जितमा कोडी गाक्पो र डाभी क्लासेनले एक/एक गोल गरे ।
नेदरल्यान्ड्सले दुबै गोल खेलको दोस्रो हाफमा ग¥यो । खेलको ८४औं मिनेटमा गाक्पोले फ्रान्की डी जोङको पासमा हेडमार्फत् उत्कृष्ट गोल गर्दै नेदरल्यान्ड्सलाई अग्रता दिलाएका थिए । खेलको दोस्रो हाफको अतिरिक्त समयमा क्लासेनले गोल गर्दै नेदरल्यान्ड्सको जित सुनिश्चित गरेका थिए ।
जितसँगै नेदरल्यान्ड्सले ३ अंक जोडेको छ । आज राति १२ः४५ बजे कतारको अल अहमद रङ्गाशालामा वेल्स र अमेरिकाबीचको प्रतिस्पर्धा हुँदैछ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
अध्यक्ष : | बद्रि अधिकारी |
प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |