वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’
कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय
शिवज्योती महिला बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्षमा शोभा छत्कुली निर्वाचित
नेपाल क्षयरोग निवारण संस्था धादिङको अध्यक्षमा श्रीकृष्ण अधिकारी चयन
नेपाली कांग्रेसको १५औँ महाधिवेशनः केन्द्रीय महाधिवेशन प्रतिनिधिमा यामनाथ दनैको उम्मेदवारी
धादिङ–काठमाडौं भाडा रु ३९०, गाडी ‘पल्टी’ गर्दा रु ३४० भन्दा बढी लिन नपाइने
काठमाडौँ,३० कात्तिक ।
दोस्रो एक दिवसीय खेलमा नेपालले युएईलाई पराजित गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले युएईलाई ३ विकेटले पराजित गरेको हो । युएईले दिएको १९२ रनको लक्ष्य नेपालले ४७.५ ओभरमा ७ विकेट गुमाउँदै पुरा गर्यो ।
जितसँगै सिरिज १-१ को बराबरी अवस्थामा पुगेको छ । सोमबार सम्पन्न पहिलो एक दिवसीय खेलमा नेपालले युएईलाई ८४ रनको नतिजा सुम्पिएको थियो । नेपालको जितमा गुलशन झाले सर्वाधिक ३७ रनको योगदान दिए । आरिफ शेखले अविजित ३३ रन, सोमपाल कामीले १६ रन, कुशल भुर्तेलले ३५ रन बनाएर आउट हुँदा ज्ञानेन्द्र मल्लले २६ रन बनाए । दीपेन्द्र सिंह ऐरीले १३ रन जोड्दा कप्तान रोहित पौडेलले ८ रन जोडे ।
युएईका स्पिनर रोहन मुस्तफाले १० ओभरमा २४ रन खर्चेर ३ विकेट लिए । हजरत बिलालले दुई र बासिल हामिदले एक विकेट लिए ।यसअघि टस जितेर सुरुआती ब्याटिङ गरेको युएईले ४३.२ ओभरमा १० विकेट गुमाउँदै १९१ रन बनाएको थियाे ।
युएईका लागि वसीम मुहम्मदले अर्धशतकिय पारी खेले । उनले ३ चौका र ४ छक्काको मद्दतमा ५० रन जोडे । अन्य खेलाडीले अर्धशतकिय पारी खेल्न सकेनन् । वृत्य अरविन्दले २५, सीपी रिजवानले २२, अलिशान शराफुले ३५, विष्णु सुकुमारनले १५ र बासिल हमिदले २४ रनको योगदान गरे ।
नेपालका लागि सोमपाल कामी र ललित राजवंशीले समान तीन/तीन विकेट लिए । करण केसी, गुलशन कुमार झा, दिपेन्द्र सिंह ऐरी, कुशल भुर्तेलको नाम एक/एक विकेट रह्यो । युएई र नेपालबीचको तेस्रो तथा निर्णायक खेल शुक्रबार हुनेछ ।
स्थानीय मुद्दादेखि राष्ट्रिय सरोकारसम्म, भरपर्दो समाचार र जनताको आवाजलाई जोड्ने निलकन्ठ एफ.एम. र अनलाइन खबर पोर्टल ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
बागमती प्रदेश, नेपाल
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
ताजा समाचार, विशेष सामग्री र रेडियो कार्यक्रम सुन्न हामीसँग जोडिनुहोस् ।
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... |
| कार्यक्रारी सम्पादक : | |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |