नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट
एन्डिला बुटिक कलेक्सनको प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेयद्वारा उद्घाटन, शान्त बजारमा आधुनिक सेवा विस्तार
३० वर्षदेखि ग्राभेलसमेत हुन सकेन पानधारे–काउले सडक,स्थानीयको प्रश्न–‘अब कहिलेसम्म प्रतीक्षा?’
जिसस महासंघ बागमती प्रदेश समितिको अध्यक्षमा धादिङका नवराज अधिकारी चयन
रिचेकिङले उजागर गर्यो मूल्याङ्कनको त्रुटिः धादिङ बोर्डिङका दुई विद्यार्थीले पाए ४.० जीपीए
कुम्पुर स्वास्थ्य चौकीको नवनिर्मित भवन उद्घाटन, स्वास्थ्य सेवा विस्तारमा गाउँपालिकाको प्रतिबद्धता
धादिङ,२६ कात्तिक ।
रोहित पौडेल राष्ट्रिय क्रिकेट टिमका कप्तान नियुक्त भएका छन् । नेपाल क्रिकेट सङ्घ (क्यान) ले आज शुक्रवार २० वर्षीय रोहितलाई कप्तान नियुक्त गरेको हो ।पूर्व कप्तान सन्दीप लामिछानेलाई नाबालिग बलात्कारको आरोप लागेपछि क्यानले भदौ २३ गते नै उनलाई बर्खास्त गरेको थियो । क्यानले त्यसपछि कप्तान नियुक्त गरेको थिएन ।
रोहितले दुई महिनाअघि राष्ट्रिय क्रिकेट टोलीबाट केन्यासँगको तीन एकदिवसीय अभ्यास खेलमा कप्तानी गरेका थिए । त्यो भ्रमणमा नेपालले क्लिन स्वीप गरेको थियो । रोहितले यसअघि १९ वर्षमुनिको क्रिकेट टिमको कप्तानी पनि सम्हालिसकेका छन् ।
यसअघि गएको कात्तिकमा उपकप्तान नियुक्त भएका रोहितले आउँदो सोमवारदेखि कीर्तिपुरको त्रिवि मैदानमा यूएईसँग हुने तीन खेलको एकदिवसीय खेलबाट कप्तानी सुरु गर्नेछन् । रोहित भरपर्दो ब्याटर हुन् । २५ एकदिवसीय र २१ टी-२० खेलेका उनले उत्कृष्ट प्रदर्शन गर्दै आएका छन्।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |