धादिङ,२५ कात्तिक
नीलकण्ठ बहुमुखी क्याम्पसमा अध्ययन गर्ने विद्यार्थीले २६ जना बौद्धिक अपाङ्गता भएका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेका छन् । नीलकण्ठ नगरपालिका वडा नं ३ शान्तिटार स्थित नमुना बौद्धिक अपाङ्ग आधारभुत विशेष विद्यालयमा पुगेर विद्यार्थीहरुले न्यानो कपडा वितरण गरेका हुन् ।
नीलकण्ठ बहुमुखी क्याम्पस धादिङको अंग्रेजी तथा समाजशास्त्र विभागको आयोजनामा भएको बौद्धिक अपाङ्ग विद्यालयका विद्यार्थीहरुलाइ सहायता तथा अन्र्तक्रिया कार्यक्रममा न्यानो कपडा वितरण गरिएको हो ।
बौद्धिक अपाङ्गता भएका २६ जना विद्यार्थीहरुलाई चिसोबाट बच्नका लागि सहायता स्वरुप न्यानो कपडा प्रदान गरिएको विद्यार्थी प्रतिमा अर्यालले जानकारी दिनुभयो । समाजशास्त्र र सामाजिक कार्य अध्ययन गर्ने विद्यार्थीहरुलाई विभिन्न सामाजिक समस्याहरु संग साक्षात्कार गराउदै समाजसेवामा लाग्न प्रेरित गराउने उदेश्यका साथ कार्यक्रमको आयोजना गरिएको हो ।
२०७४ सालमा स्थापना भएको विद्यालयमा बौद्धिक अपाङ्गता भएका विद्याथीहरुलाई आवास सहित पठनपाठन गराईदै आएको विद्यालयका प्रधानाध्यापक शर्मिला अधिकारीले जानकारी दिनुभयो ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
अध्यक्ष : | बद्रि अधिकारी |
प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |