धादिङ,१७ कात्तिक ।
धादिङको नीलकण्ठ नगरपालिकाले मतदाता शिक्षा सुरु गरेको छ ।मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनमा मत बदर नहोस भन्ने उदेश्यले मतदाता शिक्षा सुरु गरेको हो। बिहिबार एक कार्यक्रमको आयोजना गरी मतदाता शिक्षा स्वयंमसेवकहरुलाई तालिम दिईएको नीलकण्ठ नगरपालिकाका प्रशासन शाखा प्रमुख लोकनाथ उपाध्यायले जानकारी दिनुभयो।
नीलकण्ठ नगरपालिकाले निर्वाचन आयोगले स्वीकृत गरेको मतदाता शिक्षा कार्यक्रम निर्देशिका २०७९ बमोजिम मतदाता शिक्षा कार्यक्रम सुरु गरीएको उपाध्यायले जानकारी दिनुभयो ।मतदाता शिक्षा कार्यक्रम अन्तरगत कात्तिक १८ गतेबाट प्रत्येक वडामा एक एक जना मतदाता शिक्षा स्वयंमसेवकहरुले घरघरमा गएर मतदाता शिक्षा दिनेछन्।
कार्यक्रममा नीलकण्ठ नगरपालिकाका मेयर भीम प्रसाद ढुगानाले कसैको पक्ष विपक्षमा नलागी काम गर्नको लागि निर्देशन दिनुभएको छ। बदर मतलाई कम गराउने काम हाम्रो भएको भन्दै उहाँले पक्ष र विपक्षमा नलागेर काम गर्नको लागि निर्देशन दिनुभयो।यसैगरी नीलकण्ठ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेशराज पन्तले कर्मचारीहरुलाई आफ्नो कर्तव्य पुरा हुने गरी काम गर्नको लागि दिर्नेशन दिनुभएको छ ।
प्रशासन शाखा प्रमुख लोकनाथ उपाध्ययाले सहजिकरण गर्नुभएको कार्यक्रममा नगर प्रमुख भीम प्रसाद ढुंगाना,उप प्रमुख दिपक विश्वकर्मा,प्रमुख प्रशासकीय अधिकृत दिनेशराज पन्त,जनस्वास्थ्य अधिकृत विष्णु प्रसाद रिजाल लगायतको आतिथ्यता रहेको थियो। भोलीदेखी सुरु भएको मतदाता शिक्षा मंसिर १ गते सम्म १४ वटा वडामा सन्चालन हुने नगरपालिकाले जनाएको छ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
अध्यक्ष : | बद्रि अधिकारी |
प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |