नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट
नीलकण्ठका वडा सचिव तथा स्वास्थ्य संस्था इन्चार्जहरुलाई क्षमता विकास तालिम
भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा
न्यूनतम सेवा मापदण्डमा ढोला स्वास्थ्य चौकी जिल्लाकै उत्कृष्ट
एन्डिला बुटिक कलेक्सनको प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेयद्वारा उद्घाटन, शान्त बजारमा आधुनिक सेवा विस्तार
३० वर्षदेखि ग्राभेलसमेत हुन सकेन पानधारे–काउले सडक,स्थानीयको प्रश्न–‘अब कहिलेसम्म प्रतीक्षा?’
धादिङ, १४ असार । धादिङको नेत्रावती डबजोङ गाउँपालिकामा २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (SEE) मा उल्लेखनीय सफलता हात परेको छ । परीक्षा दिएका विद्यार्थीमध्ये ९२.३६ प्रतिशतले सफलता प्राप्त गरेका छन् ।
बिगतका वर्षहरूको तुलनामा यस पटकको परिणाम उल्लेखनीय रहेको गाउँपालिका स्रोतले जनाएको छ । शिक्षाको गुणस्तर अभिवृद्धि गर्ने लक्ष्यसहित अघि बढिरहेको अवस्थामा सार्वजनिक भएको यस नतिजाले स्थानीय तहमा आशा र उत्साह थपिएको छ ।
बालविकासदेखि कक्षा १० सम्म अध्यापन गराउने सम्पूर्ण शिक्षकहरूले विद्यार्थीको हितका लागि दिनरात नभनी गरेको अथक प्रयास र समर्पणकै परिणामस्वरूप यो सफल नतिजा सम्भव भएको हो । जीवनको महत्वपूर्ण समय शिक्षामा समर्पण गर्ने सम्पूर्ण शिक्षकप्रति गाउँपालिकाले सम्मानसाथ धन्यवाद व्यक्त गरेको छ ।
यसैबीच, गाउँपालिकाभित्रका विभिन्न माध्यमिक विद्यालयहरूबाट प्राप्त नतिजा यसप्रकार रहेको छ:
निरञ्जना मावि – ९७.७३%
चौतारा मावि – ९४.७३%
महेन्द्रवाराही मावि – ९१.४९%
कुण्डलादेवी मावि – ८९.२९%
मंगलादेवी मावि – ८४.२१%
यस उत्कृष्ट नतिजामा गाउँपालिका अध्यक्ष मेघनाथ रिजाल, उपाध्यक्ष सीता माया चोदेन, वडा अध्यक्षसहित सम्पूर्ण जनप्रतिनिधिहरूले SEE तयारीका लागि बजेट व्यवस्थापन र शैक्षिक पहलमार्फत सक्रिय भूमिका खेलेका थिए । तिनै प्रयासहरूको संयुक्त फलस्वरूप गाउँपालिकाले यसपटकको नतिजामा ऐतिहासिक उचाइ छुन सफल भएको छ ।
पालिकाले सम्पूर्ण उतीर्ण विद्यार्थीहरूलाई उज्ज्वल भविष्यको शुभकामना दिँदै, आगामी दिनमा शिक्षामा अझ गुणस्तरीय सुधारको प्रतिबद्धता समेत दोहोर्याएको छ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |