धादिङबेशीमा हानबीको शाखा खुल्यो, जापान अध्ययनका लागि भाषा तथा परामर्श सेवा प्रदान गरिने
धादिङ प्रहरीको अपरेशनः अफिम, भरुवा बन्दुक र फरार अभियुक्त पक्राउ
निर्माण सामग्रीको अस्वाभाविक मूल्यवृद्धिविरुद्ध धादिङका व्यवसायी आन्दोलित
बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ
धादिङबेशीमा वर्तमान अवस्थामा सहकारी बिषयक अन्तरक्रिया
नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको सदस्यमा रमेश धमला चयन
काठमाडौं- इष्टर्न हाइड्रोपावर लिमिटेडको धितोपत्रको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) बाँडफाँट भएको छ।
बिहीबार कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलले आईपीओ बाँडफाँट गरेको हो। कम्पनीले २८ असोज देखि ६ करोड ७० लाख ३१ हजार रुपैयाँ बराबरको ६ लाख ७० हजार ३१० कित्ता सेयर सार्वजनिक निष्कासन गरेको थियो। जसको २ प्रतिशत अर्थात १३ हजार ४०६ कित्ता सेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ३३ हजार ५१५ कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्याएर थियो।
जसबाट बाँकी रहेको ६ लाख २३ हजार २८९ कित्ता र कर्मचारीलाई छुट्याइएको सेयरमा आवेदन नपरेको समेत गरी कुल ६ लाख २५ हजार १९० कित्ता सेयरको लागि कम्पनीले सर्वसाधारणबाट आवेदन माग गरेको थियो।
उक्त आईपीओका लागि कुल १३ लाख ५८ हजार २२० आवेदकमार्फत १ करोड ४८ लाख ७४ हजार ४० कित्ता सेयरका लागि ओवदन परेको थियो। जसमध्ये १ हजार ९९६ आवेदन रद्द भएको र बाँकी १३ लाख ५६ हजार २२४ आवेदन स्वीकृत भएको बिक्री प्रबन्धक एनएमबि क्यापिटलले जनाएको छ।
स्वीकृत आवेदनमध्ये धितोपत्र निष्कासन तथा बाँडफाँट नियमावली अनुसार सेयर बाँडफाँट गर्दा कुल ६२ हजार ५१९ आवेदकले १० कित्ताका दरले सेयर प्राप्त गरेका छन्।
कम्पनीले आयोजना प्रभावितलाई निष्कासन गरेको आईपीओ असोज ९ गते आइतबार बाँडफाँट गरेको थियो। कम्पनीले भदौ ७ गतेदेखि भदौ २८ गतेसम्म भोजपुर जिल्लाका आयोजना प्रभावित स्थानीयलाई सेयर निष्कासन गरेको थियो।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |