नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट
एन्डिला बुटिक कलेक्सनको प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेयद्वारा उद्घाटन, शान्त बजारमा आधुनिक सेवा विस्तार
३० वर्षदेखि ग्राभेलसमेत हुन सकेन पानधारे–काउले सडक,स्थानीयको प्रश्न–‘अब कहिलेसम्म प्रतीक्षा?’
जिसस महासंघ बागमती प्रदेश समितिको अध्यक्षमा धादिङका नवराज अधिकारी चयन
रिचेकिङले उजागर गर्यो मूल्याङ्कनको त्रुटिः धादिङ बोर्डिङका दुई विद्यार्थीले पाए ४.० जीपीए
कुम्पुर स्वास्थ्य चौकीको नवनिर्मित भवन उद्घाटन, स्वास्थ्य सेवा विस्तारमा गाउँपालिकाको प्रतिबद्धता
धादिङ,०६ कात्तिक ।
धादिङमा जारी जिल्ला स्तरीय अन्तरपालिका टी–२० क्रिकेट लिगमा धुनिबेशी र त्रिपुरासुन्दरी फाइनलमा प्रवेश गरेको छ । बेनिघाट रोराङ गाउँपालिकाको विशालटार स्थित चन्द्रोदय मा.विको खेल मैदानमा आइतबार भएको पहिलो सेमिफाइनल खेलमा निलकण्ठ नगरपालिकालाई १३ रनले पराजित गर्दै धुनिबेसी फाइनल प्रवेश गरेको हो।
धुनिबेसीले जितका लागि दिएको १४१ रनको लक्ष्य पछ्याएको निलकण्ठ निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १२७ रनमा समेटियो ।
त्यसअघि पहिले ब्याटिङ्ग गरेको धुनिबेसिले २० ओभरमा ९ विकेट गुमाएर १ सय ४० रन बनाएको थियो ।
दोस्रो खेलमा त्रिपुरासुन्दरी ५ रनले बिजयी हुँदै फाइनलको यात्रा तय गरेको छ । टस जितेर पहिले ब्याटिङ गरेको त्रिपुरासुन्दरीले बेनिघाट रोराङलाई १०५ रनको चुनौती दिएको थियो । त्रिपुरासुन्दरीले २० ओभरमा ९ विकेट गुमाउदै १०४ रन बनाएको थियो ।
बेनीघाटले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ९९ रन मात्र जोड्यो। खेलको म्यान अफ द म्याच कप्तान अमृत थापा भएका छन् । लिगको फाइनल खेल भने भोलि हुनेछ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |