Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ अषाढ १७, बुधबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार
  • सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
  • रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
  • रिलायन्स फाइनान्स र लाङ्घाली डेन्टलबीच सम्झौता: दन्त उपचारमा ५० प्रतिशतसम्म विशेष छुट रिलायन्स फाइनान्स र लाङ्घाली डेन्टलबीच सम्झौता: दन्त उपचारमा ५० प्रतिशतसम्म विशेष छुट
  • नीलकण्ठका वडा सचिव तथा स्वास्थ्य संस्था इन्चार्जहरुलाई  क्षमता विकास तालिम नीलकण्ठका वडा सचिव तथा स्वास्थ्य संस्था इन्चार्जहरुलाई क्षमता विकास तालिम
  • सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित

सत्तारुढ गठबन्धनको पत्रकार सम्मेलनः  संविधानको रक्षा र धादिङको विकासको लागि गठबन्धनलाई जिताउन नेताहरुको अपिल

२४१८ पटक पढिएको प्रकाशित मिति: २०७९ आश्विन ३१, सोमबार (३ साल अघि)
सत्तारुढ गठबन्धनको पत्रकार सम्मेलनः  संविधानको रक्षा र धादिङको विकासको लागि गठबन्धनलाई जिताउन नेताहरुको अपिल

धादिङ,३१ असोज।
धादिङको विकास र समृद्धीको लागि आफ्नो उम्मेदवारी रहेको नेताहरुले बताएका छन्।आइतबार सत्तारुढ गबन्धनका नेताहरुले आयोजना गरेको पत्रकार सम्मेलनमा उम्मेदवारहरुले विकास र समृद्धीको लागि आफ्नो उम्मेदवारी रहेको बताउनुभएको हो । पत्रकार सम्मेलन मार्फत नेताहरुले आफ्नो चुनावी एजेन्डा र रणनीतिका बारेमा धारणा राख्नुभएको थियो ।

पत्रकार सम्मेलनमा बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री एवं धादिङ संघीय निर्वाचन क्षेत्र नं. १ ख का उम्मेद्वार सालिकराम जम्कट्टेलले सुरु गरिएका योजनालाई पूर्णता दिन र राष्ट्रिय स्वाधिनताको रक्षा गर्न गठबन्धनलाई जिताउन आग्रह गर्नुभयो । आफुले गएको ५ वर्षे कार्यकालमा स्वास्थ्य, शिक्षा, यातायात भौतिक पूर्वाधारको क्षेत्रमा थुप्रै प्रगति भएको र केही महत्त्वपूर्ण गौरवका योजनाहरु सुरु गरेको बताउनुभयो ।

त्यस्तै नेपाली कांग्रेस धादिङका सभापति एवं संघीय निर्वाचन क्षेत्र नं. २ धादिङका उम्मेद्वार रामनाथ अधिकारीले ठाउँ अनुसार शिक्षा, स्वास्थ्य, सडक पूर्वाधारको विकासमा जोड दिदै युवाहरुमा देखिएको बढ्दो वैदेशिक पलायनलाई रोक्नका लागि मूख्य पहल आफ्नो रहने प्रतिबद्धता जनाउनु भयो । यसैगरी अधिकारीले सत्ता गठबन्धनको निर्णय विपरित पार्टीका नेताहरुले दिएको स्वतन्त्र उम्मेद्वारी फिर्ता लिन आग्रह गर्नुभयो ।उम्मेदवार सँग कुरा भईरहेको भन्दै अधिकारीले बागी उम्मेदवार दिएका उम्मेद्वारहरुले आज भोलि नै उम्मेदवारी फिर्ताको घोषणा गर्ने बताउनुभयो ।

यसैगरी संघीय निर्वाचन क्षेत्र नं.२ ख का उम्मेद्वार माओवादी नेता जगत सिंखडालेले उत्तरी धादिङको विकासको लागि आफुले महत्वपुर्ण भुमिका खेलेको बताउनुभयो । विगतका जनप्रतिनिधिहरुको प्राथमिकतामा नपर्ने उत्तरी धादिङमा आफु निर्वाचिन भएपछि धेरै आशा लाग्दो काम गरेको बताउनुभयो । आफु जनताको भारी बोक्न तयार रहेको भन्दै अबको पाँच बर्ष भित्रका उत्तरी धादिङलाई विकास र समृद्धीको बाटो लैजाने बताउनुभयो ।बत्तीमुनिको अध्यारोको रुपमा रहेको उत्तरी धादिङको मुहार फेर्नको लागि आफू जनताको भरिया भएको र पुनः त्यो भारि बोक्न तयार रहेको बताउनुभयो।

संघीय निर्वाचन क्षेत्र नं.२ क बाट उम्मेद्वारी दिनुभएका कांग्रेसका गोविन्द लम्सालले जनताले दैनिक भोगिरहेका समस्याहरु र सरकारी कार्यालयहरुमा हुने बेथितिका साथै धादिङबेसी बजार व्यवस्थापनमा आफ्नो महत्त्वपूर्ण ध्यान जाने बताउनुभयो । प्रेस सेन्टर नेपाल, प्रेस युनियन र समाजवादी प्रेस संगठन धादिङले उक्त कार्यक्रमको समन्वय तथा सहजीकरण गरेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • पोषणमैत्री स्थानीय शासन प्रवर्द्धन सम्बन्धी अभिमुखीकरण धादिङबेसीमा सम्पन्न

    पोषणमैत्री स्थानीय शासन प्रवर्द्धन सम्बन्धी अभिमुखीकरण धादिङबेसीमा सम्पन्न

  • स्वावलम्बी बहिरा विद्यालयमा पङ्खा हस्तान्तरण र निःशुल्क स्वास्थ्य परीक्षण

    स्वावलम्बी बहिरा विद्यालयमा पङ्खा हस्तान्तरण र निःशुल्क स्वास्थ्य परीक्षण

  • नीलकण्ठ बहुमुखी क्याम्पसमा राष्ट्रिय धान दिवसका अवसरमा असारे गीत श्रवण कार्यक्रम

    नीलकण्ठ बहुमुखी क्याम्पसमा राष्ट्रिय धान दिवसका अवसरमा असारे गीत श्रवण कार्यक्रम

  • धान दिवसमा दही–चिउरा खाएर सांस्कृतिक पर्व मनाइयो

    धान दिवसमा दही–चिउरा खाएर सांस्कृतिक पर्व मनाइयो

  • समाचार
    सुची दर्ता गर्ने सम्बन्धि सूचना !

    सुची दर्ता गर्ने सम्बन्धि सूचना !

    पोषणमैत्री स्थानीय शासन प्रवर्द्धन सम्बन्धी अभिमुखीकरण धादिङबेसीमा सम्पन्न

    पोषणमैत्री स्थानीय शासन प्रवर्द्धन सम्बन्धी अभिमुखीकरण धादिङबेसीमा सम्पन्न

    स्वावलम्बी बहिरा विद्यालयमा पङ्खा हस्तान्तरण र निःशुल्क स्वास्थ्य परीक्षण

    स्वावलम्बी बहिरा विद्यालयमा पङ्खा हस्तान्तरण र निःशुल्क स्वास्थ्य परीक्षण

    नीलकण्ठ बहुमुखी क्याम्पसमा राष्ट्रिय धान दिवसका अवसरमा असारे गीत श्रवण कार्यक्रम

    नीलकण्ठ बहुमुखी क्याम्पसमा राष्ट्रिय धान दिवसका अवसरमा असारे गीत श्रवण कार्यक्रम

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0