धादिङ, २० असोज
नवदुर्गाको प्रसाद लगाउन मान्यजनका घरमा जान चाहनेहरु निरन्तरको वर्षाले समस्यामा परेका छन् । विजयादशमीका दिन बुधबार दिउँसो केही समय वर्षा रोकिए पनि बेलुकीदेखि निरन्तर वर्षा भएपछि टाढा टाढा आफन्तकहाँ नवदुर्गाको प्रसाद स्वरुप टीका, जमरा र आशीर्वाद लिन जानेहरु समस्यामा परेका हुन् । दुई दशकको दसैँ मनाउँदा यसरी निरन्तर वर्षा भएको अहिलेसम्म आफूले थाहा नपाएको दिपा अधिकारी बताउनुहुन्छ । वर्षाकै कारण आफन्तकहाँ टीका लगाउन जान समेत नपाइएको उहाँको गुनासो छ ।
सदरमुकाम आसपासमा नजिक जान सकिए पनि सदरमुकाम बाहिर सवारी साधन चढेर जानुपर्ने स्थानमा जान नसकिने अवस्था उत्पन्न भएको यात्रुहरु बताउँछन् । अहिले धादिङ जिल्ला लगाएत देशका अधिकांश स्थानमा वर्षा भइरहेको र खोला नालामा पानीको बहाव बढ्दै गएको छ ।
वर्षाका कारण सडकमा आशीर्वाद थाप्न जानेको चहलपहल देखिँदैन । अन्यत्र जिल्ला बाट गृह जिल्ला आएका मानिसहरु पनि विजयादशमीपछि राजधानी तथा अन्यत्र स्थानमा जानको लागी वर्षाले रोकिएका छन् । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले नेपालमा दक्षिण पश्चिम बङ्गालको खाडी र आन्ध्र प्रदेश आसपास बनेको न्यून चापीय प्रभावले वर्षा भएको जनाएको छ ।
हाल देशभर सामान्यदेखि पूर्ण बदली रही बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका धेरै र बाँकी प्रदेशका थोरै स्थानमा सामान्यदेखि मध्यम वर्षा भइरहेको जनाइएको छ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
अध्यक्ष : | बद्रि अधिकारी |
प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |