वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’
कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय
शिवज्योती महिला बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्षमा शोभा छत्कुली निर्वाचित
नेपाल क्षयरोग निवारण संस्था धादिङको अध्यक्षमा श्रीकृष्ण अधिकारी चयन
नेपाली कांग्रेसको १५औँ महाधिवेशनः केन्द्रीय महाधिवेशन प्रतिनिधिमा यामनाथ दनैको उम्मेदवारी
धादिङ–काठमाडौं भाडा रु ३९०, गाडी ‘पल्टी’ गर्दा रु ३४० भन्दा बढी लिन नपाइने
धादिङ १६ असोज
धादिङको खनियाबास गाउँपालिका–५ सत्यदेविमा सम्पन्न खुल्ला दौड प्रतियोगितामा खनियाबासका बेगबहादुर तामाङ प्रथम भएका छन् ।
धादिङका प्रथम सहिद छेज्यु तामाङ स्मृतिमा गोम्पोङ समाजद्धारा आयोजना गरिएको १० किलो मिटर खुल्ला दौड प्रतियोगितामा ४९ मिनेटमा दौड पुरा गर्दै खनियाबास–३ का बेगबहादुर तामाङ प्रथम भएका हुन् ।
प्रतियोगितामा खनियाबास–४ का पारस तामाङ द्धितिय र खनियाबास–५ का सुजन तामाङ तृतीय भएका छन् । प्रतियोगितामा प्रथम, द्धितिय र तृतीय हुनेलाई क्रमश नगद रु १५ हजार, १० हजार,५ हजार र प्रमाण पत्रले पुरस्कृत गरिएको छ ।
प्रतियोगितामा ४४ जना सहभागि भएका थिए। प्रतियोगितामा सहभागि सबैलाई पूर्व मन्त्री दिलमान पाख्रिनले १÷१ हजार प्रदान गर्नुभएको थियो।
सभापति रेकमान तामाङको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा पुर्व कानुन राज्यमन्त्री दिलमान पाख्रीनको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा गाउँपालिका अध्यक्ष रणबहादुर तामाङ, गाउँपालिका उपाध्यक्ष सेक्केमान तामाङको जिल्ला खेलकुद विकास समिति धादिङका अध्यक्ष प्रताप सिंह तामाङ, वडा अध्यक्ष रबिन कुमार तामाङको बिशेष आतिथ्य रहेको थियो ।
स्थानीय मुद्दादेखि राष्ट्रिय सरोकारसम्म, भरपर्दो समाचार र जनताको आवाजलाई जोड्ने निलकन्ठ एफ.एम. र अनलाइन खबर पोर्टल ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
बागमती प्रदेश, नेपाल
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
ताजा समाचार, विशेष सामग्री र रेडियो कार्यक्रम सुन्न हामीसँग जोडिनुहोस् ।
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... |
| कार्यक्रारी सम्पादक : | |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |