वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’
कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय
शिवज्योती महिला बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्षमा शोभा छत्कुली निर्वाचित
नेपाल क्षयरोग निवारण संस्था धादिङको अध्यक्षमा श्रीकृष्ण अधिकारी चयन
नेपाली कांग्रेसको १५औँ महाधिवेशनः केन्द्रीय महाधिवेशन प्रतिनिधिमा यामनाथ दनैको उम्मेदवारी
धादिङ–काठमाडौं भाडा रु ३९०, गाडी ‘पल्टी’ गर्दा रु ३४० भन्दा बढी लिन नपाइने
काठमाडौँ,०७ असोज ।
प्रधानसेतापति प्रभुराम शर्माले त्रिभुवन आर्मी क्लबका प्रशिक्षक तथा खेलाडीलाई नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा मर्यादित र अनुशासित रुपमा प्रस्तुत हुन निर्देशन दिनुभएको छ । सैनिक मुख्यालय जङ्गी अड्डामा आज आयोजित कार्यक्रममा उहाँले बढीभन्दा बढी स्वर्ण पदक प्राप्त गर्दै क्लबलाई फेरि पनि टिम च्याम्पियन बनाउन शुभकामना पनि दिनुभयो ।
पोखरामा यही असोज २८ देखि कातिक ३ गतेसम्म नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता हुँदैछ । उहाँले भन्नुभयो, “जुनसुकै प्रतिस्पर्धामा सहभागी हुँदा पनि सबैभन्दा पहिला म नेपाली सेनाको सदस्य हुँ र त्यसपछि मात्र खेलाडी हुँ भन्ने कुरालाई आत्मसात् गरौँ ।”सेनाका प्रशिक्षक तथा खेलाडी नागरिक–सैनिक सम्बन्ध विस्तारका सेतु हुन् भन्दै उहाँले सबै खेलाडीलाई आसन्न खेलकुदमा पनि सङ्गठनको गरिमा अभिवृद्धि गर्नेतर्फ सचेत रहन सुझाव दिनुभयो ।
अघिल्लो राष्ट्रिय खेलकुद प्रतियोगितामा नेपाली सेनाका त्रिभुवन आर्मी क्लब च्याम्पियन भएको थियो । सेनाले खेलकुदको विकासका लागि रु १० करोडको अक्षयकोष खडा गरी त्यसबाट प्राप्त व्याजबाट खेलाडीको क्षमता अभिवृद्धिमा खर्च गर्दै आएको छ । सो अवसरमा प्रतियोगिताको रनिङ ट्रफी प्रदर्शनी गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
स्थानीय मुद्दादेखि राष्ट्रिय सरोकारसम्म, भरपर्दो समाचार र जनताको आवाजलाई जोड्ने निलकन्ठ एफ.एम. र अनलाइन खबर पोर्टल ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
बागमती प्रदेश, नेपाल
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
ताजा समाचार, विशेष सामग्री र रेडियो कार्यक्रम सुन्न हामीसँग जोडिनुहोस् ।
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... |
| कार्यक्रारी सम्पादक : | |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |