Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ अषाढ १६, मंगलबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार
  • सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
  • रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
  • रिलायन्स फाइनान्स र लाङ्घाली डेन्टलबीच सम्झौता: दन्त उपचारमा ५० प्रतिशतसम्म विशेष छुट रिलायन्स फाइनान्स र लाङ्घाली डेन्टलबीच सम्झौता: दन्त उपचारमा ५० प्रतिशतसम्म विशेष छुट
  • नीलकण्ठका वडा सचिव तथा स्वास्थ्य संस्था इन्चार्जहरुलाई  क्षमता विकास तालिम नीलकण्ठका वडा सचिव तथा स्वास्थ्य संस्था इन्चार्जहरुलाई क्षमता विकास तालिम
  • सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित

तीस वर्ष झोला बोकेका महावीर पुन यसरी बने संसारकै हिरो !

नीलकण्ठ एफ.एम ७४५ पटक पढिएको प्रकाशित मिति: २०७९ आश्विन १, शनिबार (३ साल अघि)
तीस वर्ष झोला बोकेका महावीर पुन यसरी बने संसारकै हिरो !

काठमाडौ, १ असोज  

‘मलाई पैसा बोकेर हिँड्न डर लाग्छ, झोला बोकेर हिँड्न रहर लाग्छ’ हालै एक कार्यक्रममा नगद रु एक करोडको पुरस्कार ग्रहणपछि चर्चित वैज्ञानिक एवं अनुसन्धानकर्ता महावीर पुनले भन्नुभयो । मानिसहरु परिवर्तन चाहन्छन् । परिवर्तनको कुरा गर्छन् तर, असल हिरो ती हुन् जो अगाडि बढ्छन् र आफैँ परिवर्तन् हुन्छन् ।

तिनै उदाहरण हुन् वैज्ञानिक, आविष्कारक र सामाजिक अभियन्ताका रुपमा चिनिने महावीर पुन जसले वैज्ञानिक आविष्कार गरेर नेपालको पहिचानलाई विश्वभर पु¥याउनुभयो । विरलै भेटिन्छन् यस्ता मान्छे जो पैसादेखि डराउँछन् । यो त्यही समाज हो जहाँ पैसा कमाउन र सम्पत्ति जोड्न मानिले हदैसम्म गर्छन् । तर पैसाको पछि नलाग्ने, देशको उन्नति र युवाको भविष्यमा चिन्तित पुन पनि यही समाजमा भेटिन्छन् र अझै पुन जस्ता नेपाली आमाका सपुतहरु राष्ट्रका लागि धेरै जन्मनुपर्छ ।

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) र बिबी फाउन्डेशनको संयुक्त पहलमा नगद रु एक करोडको ‘भवन कीर्ति रत्न’ पुरस्कार महावीर पुन तथा राष्ट्रिय आविष्कार केन्द्रलाई प्रदान गरिएको थियो । प्रसिद्ध म्यागासेसेलगायत दर्जनाँै पुरस्कार प्राप्त गरिसक्नुभएका पुनलाई पुरस्कार र मान पदवीप्रति कत्ति पनि मोह छैन । उहाँ भन्नुहुन्छ, “पुरस्कार पाउँदा सुरुमा सबै खुसी हुन्छन् । पुरस्कार, पदक र सम्मान हौसला प्रदानका लागि हुन् । मलाई अवार्ड दिन चाहनेलाई भन्ने गरेको छु, पुरस्कार मलाई नदिनुस् भनेर घोषणा गरेको छु, ती पुरस्कार युवालाई दिनुस् जसबाट अनुसन्धान र आविष्कार गर्न प्रेरणा मिलोेस् ।

मेरो नाम जोडिएर आएको पुरस्कार लिन्न ।” महावीर पुन सतकर्मको परिचय पनि हो । समर्पणभाव र जनताका साथ कार्यसिद्धिमा लाग्यो भने स्रोत र सहयोग आफैँ जुट्छ भन्ने उदाहरण हो पुनले स्थापना गरेको राष्ट्रिय आविष्कार केन्द्र । साना–साना अनुसन्धान र कार्यबाट देश तथा विदेशका विशिष्ट परिचय बनाउनुभएको छ पुनले । अहिले राष्ट्रिय आविष्कार केन्द्रका लागि वैज्ञानिक अनुसन्धानकर्ताका रुपमा नभई एउटा गोठालेका रुपमा काम गरिरहेको पुन बताउनुहुन्छ ।

“म अनुसन्धान आविष्कारक हैन । गोठालेका रुपमा काम गरिरहेको छु । आविष्कार भनेको आउने युवा वैज्ञानिकको सीप उपयोग गर्ने फोरमका रुपमा स्थापित गरिरहेको छु”, उहाँले भन्नुभयो । विसं २०११ माघ ९ गते म्याग्दीको नागी गाउँमा जन्मनुभएका पुनले गाउँमै प्रारम्भिक शिक्षा हासिल गर्नुभयो । जहाँ कलम हैन ढुङ्गाले लेखिन्थ्यो । संयोगले अमेरिकामा स्नातक अध्ययनको छात्रवृत्ति पाउनुभयो । जसले पुनको जीवनलाई बदलिदियो ।

अमेरिकाको नेब्रास्का राज्यमा रहेको नेब्रास्का विश्वविद्यालयबाट शिक्षामा स्नातकोत्तर उपाधि प्राप्त गरेपछि पुन नेपालको शैक्षिक तथा आर्थिक विकासका लागि नमूना शिक्षा प्रदान गर्ने स्कुल स्थापना गर्ने साहस र महत्वकाङ्क्षी लक्ष्य लिएर गाउँ फर्किनुभयो । पुन संसारभरका नेपालीमाझ एक नेपाली शिक्षक, युवा वैज्ञानिक, महान् आविष्कारक तथा सामाजिक अभियन्ता भनेर चिनिनुहुन्छ । पुनले म्याग्दीका दुर्गम गाउँमा कम्प्युटर प¥ुयाउनुभयो । इन्टरनेट जोडेर उदाहरणीय काम गर्नुभयो ।

बिग्रेका कम्प्युटरहरूको पार्टपुर्जा जोडेर गाउँमा कम्प्युटर आविष्कार गर्नुभयो अनि वायरलेस प्रविधिमार्फत गाउँ–घर र त्यहाँका विभिन्न विद्यालयमा इन्टरनेट पु¥याउनुभयो । आविष्कार केन्द्र किन ! पुनले आविष्कार केन्द्र कुनै स्वार्थका लागि खोल्नुभएको हैन । यहाँबाट कुनै लाभ लिऔँला भन्ने महत्वकाङ्क्षा पनि छैन । तर युवाको सीप र सिर्जनालाई आविष्कार गरेर उद्यमशीलता विकास गर्ने पुनमा हुटहुटी छ । त्यसैले पुन आफ्नो यात्रामा अविचलित हुनुहुन्छ ।

“यो मैले मेरा लागि खोलेको हैन, मलाई केही पनि चाहिँदैन,” उहाँले भन्नुभयो, “म फरक किसिमको स्वतन्त्र मान्छे हुँ । ३० वर्ष भयो स्वतन्त्र मान्छे बनेको । यो अवधिसम्म म कुनै जागिर नखाएको मान्छे । कुनै व्यवसाय गर्न जानिन । जागिर चाहिँ मन नपर्ने भएर नखाएको । व्यापार व्यवसाय गर्न कुनै आइडिया पनि छैन । पूँजी छैन । त्यही भएर म चाहिँ एउटा झोला बोकेर हिँड्ने मान्छे भएको हो । र त्यो झोला बोकेर हिँडेको ३० वर्ष भयो ।” पुनले ३० वर्ष झोला बोकेर हिँडेको र २० वर्ष गाउँमा बिताएको निकै दर्दनाक कहानी सुनाउनुभयो । उक्त अवधिमा पुनले नेपालका पहाडी जिल्लामा घुम्ने गाउँलेहरुलाई सघाउने काम गर्नुभयो ।

गाउँले जनताको सुखदुःखमा रमाउने उहाँको बानी बन्यो । पुन भन्नुहुन्छ, “मैले २० वर्ष गाउँ घुम्दा गहिरोसँग प्राप्त गरेको ज्ञान भनेको नेपाल गरिब रहेछ भन्ने थाहा पाए । नेपालमा युवाहरु रोजगारीका लागि बाध्य भएर विदेशमा जाने चलन छ । यदि नेपाल समृद्ध भइदिएको भए आज ५०/६० लाख नेपाली विदेसिनुपर्ने थिएन् ।” बीस वर्षको अवधिमा पुनलाई रोजगारी सिर्जना गर्नुपर्छ भन्ने बुद्धि आयो । तर, कसरी ? अमेरिका, जापान, कोरिया, मलेसिया, खाडी मुलुकमा रोजगारी कसरी गरिरहेको छ । रोजगारी सिर्जनाका लागि उद्यमीहरुको सिर्जना गरिनुपर्छ । “हामी नेपालीहरु अलमलिएका छौँ, रोजगारी सरकारले सिर्जना गर्ने हो भनेर सरकारलाई गाली गर्छौं, रोजगारीको सिर्जना वास्तवमा उद्यमीले गर्ने हो । उद्यमी नभएकाले रोजगारी भएन ।

अमेरिकामा आठ वर्ष बसेको मान्छे आफैँलाई थाहा थिएन रोजगारी कसरी बनाउने । गाउँमा २० वर्ष बसेपछि बल्ल ज्ञान भयो । उद्यमी बन्नलाई अनुसन्धान र आविष्कार गर्नुपर्छ । त्यही सोचका कारण आविष्कार केन्द्रको जन्म भयो”, पुनले भन्नुभयो । उद्यमी बन्नका लागि सबैभन्दा पहिलो कुरा अनुसन्धान चाहिन्छ । त्यो जुनसुकै क्षेत्रमा किन नहोस् । उद्यमी बन्नका लागि अनुसन्धान गनैपर्छ । अनुसन्धान कति आवश्यक रहेछ भन्ने कुरा थाहा पाउन पुनलाई २० वर्ष लाग्यो । अहिले १० वर्षदेखि पुनले जानेको कुरा सिकाउँदै हुनुहुन्छ ।

पुनको विचारमा नेपालको अर्थतन्त्र सुधार्ने र रोजगारी सिर्जना गर्ने उद्यमीहरुले नै हो । सरकारले उद्यमी फस्टाउने वातावरण बनाइदिने हो । पुनका अनुसार राष्ट्रिय आविष्कार केन्द्र भनेको ‘प्लेटफर्म’ हो त्यहाँ आएर काम गर्ने वातावरण बनाइदिएको हो । हामीले वातावरण बनाएका छौँ, आइडिया र सिर्जनशीलता, भएका नेपालीले केन्द्रमा आविष्कार गर्नसक्छन् । आइडियामा अनुसन्धान गरेर उद्यमशीलता विकासका लागि केन्द्रले प्रोत्साहित गर्ने गरेको पुनले सुनाउनुभयो । उहाँले भन्नुभयो, “केन्द्रमा आएर कसैले कुनै आइडिया सिक्न चाहन्छ, भने बेस्सरी काम गर पैसाको चिन्ता नगर भनेको छु ।

तर, यो कुनै मिडियाबाजी गर्न भनेको हैन । बाध्य भएर भनेको हो । म जस्तो पैसा नभएको मान्छेले भनेको कस्ले पत्याउँछ होला र तर पनि हिम्मत हारेको छैन मिहिनेत गरिरहेको छु ।” पुनको अनुभवमा अनुसन्धान ‘रिस्की’ काम हो । धेरै लगानी र हन्डर खाएर मात्रै सफलता पाइन्छ । आविष्कार केन्द्रलाई निम्नवर्गका व्यक्तिले भरोसाको केन्द्रका रुपमा हेरेको र उनीहरुको निरन्तर सहयोगबाट हालसम्म रु १५ करोड सहयोग जुटिसकेको पुनले जानकारी दिनुभयो ।

पुनले यस्ता आविष्कार केन्द्र देशभर विस्तार गर्नुपर्ने र यसमा सरकारले विशेष चासो दिनुपर्ने औँल्याउनुभयो । एनआरएनएहरुले विदेशमा आर्जन गरेको आर्थिक लगानी ज्ञान, सीप र प्रविधिलाई नेपालमा अनुसन्धान क्षेत्रमा लगानी गर्नुपर्ने पुनको भनाइ छ । साथै, अनुसन्धानमूलक क्षेत्रमा लगानी गर्न नेपालका बैंकहरुलाई आग्रह गर्नुभयो । आविष्कार केन्द्रमा के भइरहेको छ कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय परिसरमा अवस्थित राष्ट्रिय आविष्कार केन्द्रमा साना–साना अनुसन्धान र आविष्कारका काम भइरहेका छन् । पुनका अनुसार सबै क्षेत्रमा काम भइरहेको छ । कृषि, स्वास्थ्य, शिक्षा तथा इन्जिनियरिङ क्षेत्रमा भेरै काम भइरहेको छ, रकेट, ड्रोन बनाउनेदेखि इलेक्ट्रोनिक ग्याजेट, सफ्टवेयर हार्डवेर निर्माणको काम पनि भइरहेको छ ।

एउटै साँघुरो थलोमा यी सब काम कोचाकोच गरेर भइरहेका पुनले बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले हामी सिक्दैछौँ । अहिले आविष्कार केन्द्र निम्न माध्यमिक अवस्थामा छ । हामीलाई पिएचडी गर्न धेरै वर्ष लाग्छ । किनभने यो काम जानेर पैसा भएर गरेको पनि हैन ।” सन् २०१२ मा दर्ता भएको आविष्कार केन्द्रले सन् २०१७ सम्म केन्द्रको खातामा रु एक पनि थिएन ।

आविष्कार कसरी गर्ने भन्ने पनि थाहा थिएन । म झोला बोकेर हिँड्नेले कसरी गर्ने । सन् २०१८ देखि सुरु भएको अनुसन्धानको काम छोटो अवधिमा पनि राम्रै उपलब्धि भएको छ । यसलाई अझै माथि लैजाने पुनको सोच छ । अनुसन्धानलाई प्राथमिकता नदिए देशको अर्थतन्त्रलाई उकास्न नसकिने पुनको भनाइ छ ।(रासस)

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • स्वावलम्बी बहिरा विद्यालयमा पङ्खा हस्तान्तरण र निःशुल्क स्वास्थ्य परीक्षण

    स्वावलम्बी बहिरा विद्यालयमा पङ्खा हस्तान्तरण र निःशुल्क स्वास्थ्य परीक्षण

  • नीलकण्ठ बहुमुखी क्याम्पसमा राष्ट्रिय धान दिवसका अवसरमा असारे गीत श्रवण कार्यक्रम

    नीलकण्ठ बहुमुखी क्याम्पसमा राष्ट्रिय धान दिवसका अवसरमा असारे गीत श्रवण कार्यक्रम

  • धान दिवसमा दही–चिउरा खाएर सांस्कृतिक पर्व मनाइयो

    धान दिवसमा दही–चिउरा खाएर सांस्कृतिक पर्व मनाइयो

  • नीलकण्ठ बालमन्दिर माविका विद्यार्थीहरुलाई सामाजिक सञ्जालको समुचित प्रयोगबारे अभिमुखीकरण

    नीलकण्ठ बालमन्दिर माविका विद्यार्थीहरुलाई सामाजिक सञ्जालको समुचित प्रयोगबारे अभिमुखीकरण

  • समाचार
    स्वावलम्बी बहिरा विद्यालयमा पङ्खा हस्तान्तरण र निःशुल्क स्वास्थ्य परीक्षण

    स्वावलम्बी बहिरा विद्यालयमा पङ्खा हस्तान्तरण र निःशुल्क स्वास्थ्य परीक्षण

    नीलकण्ठ बहुमुखी क्याम्पसमा राष्ट्रिय धान दिवसका अवसरमा असारे गीत श्रवण कार्यक्रम

    नीलकण्ठ बहुमुखी क्याम्पसमा राष्ट्रिय धान दिवसका अवसरमा असारे गीत श्रवण कार्यक्रम

    धान दिवसमा दही–चिउरा खाएर सांस्कृतिक पर्व मनाइयो

    धान दिवसमा दही–चिउरा खाएर सांस्कृतिक पर्व मनाइयो

    नीलकण्ठ बालमन्दिर माविका विद्यार्थीहरुलाई सामाजिक सञ्जालको समुचित प्रयोगबारे अभिमुखीकरण

    नीलकण्ठ बालमन्दिर माविका विद्यार्थीहरुलाई सामाजिक सञ्जालको समुचित प्रयोगबारे अभिमुखीकरण

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0