वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’
कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय
शिवज्योती महिला बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्षमा शोभा छत्कुली निर्वाचित
नेपाल क्षयरोग निवारण संस्था धादिङको अध्यक्षमा श्रीकृष्ण अधिकारी चयन
नेपाली कांग्रेसको १५औँ महाधिवेशनः केन्द्रीय महाधिवेशन प्रतिनिधिमा यामनाथ दनैको उम्मेदवारी
धादिङ–काठमाडौं भाडा रु ३९०, गाडी ‘पल्टी’ गर्दा रु ३४० भन्दा बढी लिन नपाइने
काठमाडौँ,३१ भाद्र ।
प्रधानमन्त्री शेरबहादुर देउवाले नवौँ राष्ट्रिय बृहत् खेलकुद प्रतियोगिताका लागि तयार गरिएको ट्रफी सार्वजनिकीकरण गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज आयोजित समारोहमा उहाँले प्रतियोगिताका लागि तयार गरिएको ‘नेशनल गेम ट्रफी’ सार्वजनिक गर्नुभएको हो ।
सो अवसरमा प्रधानमन्त्री देउवाले मुलुकमा खेलकुद विश्वविद्यालय स्थापना गर्नेतर्फ सरकारले काम गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “आर्थिक अवस्था राम्रो छैन, तर पनि सुरुआत गर्नेछौँ, यसबाट खेलप्रेमी अझै आकर्षित हुने विश्वास लिएको छु, युवामा खेलकुदप्रति राम्रो लगाव छ ।”
नेपाली खेलकुदमा अघि भए पनि राष्ट्रियरुपमा भने ख्याति प्राप्त गर्न बाँकी नै रहेको उल्लेख गर्दै उहाँले नेपाल खेलकुद प्रेमी देश भएकोसमेत बताउनुभयो । युवा तथा खेलकुदमन्त्री महेश्वरजङ्ग गहतराजले नवौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि पहिलो पटक धेरै पदक विजेता टोलीलाई ट्रफीको व्यवस्था गरिएको जानकारी दिनुभयो । उक्त ट्रफी चाँदी र सुन जडित करिब रु १० लाखको लागतमा तयार गरिएको हो ।
राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टङ्कलाल घिसिङले आगामी असोज २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा आयोजना हुने राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी र नयाँ व्यवस्था हुन लागेको ट्रफीसम्बन्धी विवरण प्रस्तुत गर्नुभएको थियो ।
उक्त ट्रफी सातै प्रदेशका मुकाम र विभागीय टोलीका मुख्यालयमा पु¥याएर प्रतियोगितास्थल पोखरामा लगिने उहाँले जानकारी दिनुभयो । सो प्रतियोगितामा सात प्रदेश, तीन विभागीय टोली र गैरआवासीय नेपाली सङ्घ एनआरएनए बीच प्रतिस्पर्धा हुनेछ ।
स्थानीय मुद्दादेखि राष्ट्रिय सरोकारसम्म, भरपर्दो समाचार र जनताको आवाजलाई जोड्ने निलकन्ठ एफ.एम. र अनलाइन खबर पोर्टल ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
बागमती प्रदेश, नेपाल
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
ताजा समाचार, विशेष सामग्री र रेडियो कार्यक्रम सुन्न हामीसँग जोडिनुहोस् ।
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... |
| कार्यक्रारी सम्पादक : | |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |