वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’
कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय
शिवज्योती महिला बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्षमा शोभा छत्कुली निर्वाचित
नेपाली कांग्रेसको १५औँ महाधिवेशनः केन्द्रीय महाधिवेशन प्रतिनिधिमा यामनाथ दनैको उम्मेदवारी
धादिङका छ पालिकाले दिए दुई दिन विद्यालय बिदा
देश रोएका बेला परदेश बस्न नसक्ने एनआरएनए उपाध्यक्ष लोकप्रसाद दाहाल
धादिङ,३० भाद्र ।
सिद्धलेक गाउँपालिकाले गठन गरेको शिक्षा समिति र शैक्षिक सुधारको लागि गठन गरिएको शैक्षिक कार्यदलप्रति नेपाल राष्ट्रिय शिक्षक संगठनले आपत्ति जनाएको छ। पालिकामा बिद्धमान शिक्षा ऐन, नियम विपरित गठन गरिएको शिक्षा समिति र शैक्षिक कार्यदलप्रति पूर्णरुपमा फरक मत रहेको जानकारी गराउदै शिक्षक संगठनले बुधबार ध्यानाकर्षण पत्र बुझाएका छन्।
नेपाल राष्ट्रिय शिक्षक संगठन गाउँ समिति सिद्धलेकका अध्यक्ष धु्रवराज खतिवडा, सचिव मदन कुमार सिलवाल, जिल्ला समितिका सचिव हरि बहादुर सिलवाल लगाएतको टोलिले गाउँपालिकाका अध्यक्ष परशुराम खतिवडालाई ध्यानाकर्षण पत्र बुझाएका हुन् ।
ध्यानाकर्षण पत्रमा गाउँकार्यपालिकाले गाउँपालिका स्तरीय शिक्षा समिति गठन गरेको र २०७८ माघ २३ गते ३ बर्षको लागि सदस्यमा नियुक्ति हुनु भएको पदेन सदस्य बाहेकका लक्ष्मण शर्मा र अञ्जु थपलिया लगाएतका सदस्यहरुको कार्यकाल रहदा रहदै, गठन गरिएको ऐन नियममा बाझिन पुगेको भन्दै हाल गठित शिक्षा समिति अवैधानिक भएको उल्लेख गरिएको छ ।
त्यस्तै शिक्षक संगठनसँग कुनै राय सल्लाह विना वदनियतपूर्ण, दुरासय युक्त र मनोमानी ढङ्गले कार्यदल गठन गरिएको र सोे कार्यदल ऐन, नियममा व्यवस्था नभएकाले शैक्षिक सुधारको लागि नियमित शिक्षक संघ संगठनको प्रतिनिधि, शैक्षिक विज्ञ, जनप्रतिनिधि र सरोकारवालाको व्यापक सल्लाह र निर्णय अनुसार निष्पक्षता र वास्तविक शैक्षिक सुधारको आधार सुरक्षित गर्न ध्यानाकर्षण पत्रमा भनिएको छ । अन्यथा गठित कार्यदल नेपाल राष्ट्रिय शिक्षक संगठनलाई अमान्य हुने चेतावनी समेत दिएको छ ।
यस्तो छ,ध्यानाकर्षण पत्र :


मुख्य समाचार
मुख्य समाचार
मुख्य समाचार
स्थानीय मुद्दादेखि राष्ट्रिय सरोकारसम्म, भरपर्दो समाचार र जनताको आवाजलाई जोड्ने निलकन्ठ एफ.एम. र अनलाइन खबर पोर्टल ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
बागमती प्रदेश, नेपाल
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... |
| कार्यक्रारी सम्पादक : | |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |
ताजा समाचार, विशेष सामग्री र रेडियो कार्यक्रम सुन्न हामीसँग जोडिनुहोस् ।