धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार
सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
रिलायन्स फाइनान्स र लाङ्घाली डेन्टलबीच सम्झौता: दन्त उपचारमा ५० प्रतिशतसम्म विशेष छुट
नीलकण्ठका वडा सचिव तथा स्वास्थ्य संस्था इन्चार्जहरुलाई क्षमता विकास तालिम
सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित
काठमाडौँ,२९ भाद्र ।
मौजुदा प्रतिनिधिसभाको कार्यकाल सकिनै लाग्दा सांसदहरुले औपचारिक रुपमा धमाधम बिदा लिन थालेका छन् । प्रतिनिधिसभाको कार्यकाल लम्ब्याउन खोजेको भन्दै १९ भदौमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले सांसद पदबाट राजीनामा दिएको बताएका थिए ।
१९ भदौमा बसेको बैठकमा उनले यस मौजुदा संसद बैठकमा सहभागी नहुने भन्दै आफूले पाउने तलबभत्ता र सुविधा नपठाउन सभामुख र सचिवालयका कर्मचारीलाई आग्रह गरेका थिए । उनले सांसद पदबाट राजीनामा दिएको घोषणा गरेका थिए ।
लिङ्देनले सांसद पदबाट राजीनामा दिएको १२औँँ दिन बुधबार (२९ भदौ) मा बसेको प्रतिनिधिसभा बैठकमा सांसदहरुले सबैलाई धन्यवाद दिँदै अब यस मौजुदा संसदमा सांसदमा रुपमा उपस्थित नहुने बताएका हुन् ।
बुधबार बसेको बैठकको शून्य समयमा कांग्रेसकी रंगमती शाहीले शून्य समयमा बोल्ने आफ्नो अन्तिम रहेको भन्दै सबैलाई आगामी निर्वाचनमा जितेर आउन शुभकामना दिँदै बिदा लिएकी छन् । यसैगरी जसपाकी रेनुका गुरुङले पनि सबैलाई शुभकामना दिँदै बिदा लिएकी छन् । कांग्रेसका भरतकुमार साहले पनि सभामुख, उपसभामुख, सांसद सबैलाई धन्याव दिएका छन् ।
निर्वाचन आयोगले ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको समानुपातिक तर्फको उम्मेदवारको बन्द सूची बुझाएसँगै मौजुदा संसदको कार्यकाल सकिने भन्दै पत्राचार गरिसकेको छ । यसअनुसार १ असोजबाट मौजुदा प्रतिनिधिसभाको कार्यकाल सकिनेछ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |