धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार
सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
रिलायन्स फाइनान्स र लाङ्घाली डेन्टलबीच सम्झौता: दन्त उपचारमा ५० प्रतिशतसम्म विशेष छुट
नीलकण्ठका वडा सचिव तथा स्वास्थ्य संस्था इन्चार्जहरुलाई क्षमता विकास तालिम
सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित
काठमाडौँ,२४ भाद्र ।
डेरी उद्योग सङ्घले कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई तत्काल दूधको उत्पादन बढाउने कार्यक्रम ल्याउन आग्रह गरेको छ । अहिले बजारमा झन्डै एक लाख २० हजार लिटर दूधको अभाव देखिएकाले दीर्घकालीनरूपमा दूधको उत्पादन बढाउन सरकारसँग आग्रह गरेको हो ।
यसअघि सरकारद्वारा गठित समितिले समेत बजारमा दूधको अभाव रहेको प्रतिवेदन सार्वजनिक गरेको थियो । नेपालमा कूल ३४ लाख लिटर दूधको आवश्यकता रहेको छ । डेरी उद्योग सङ्घले शुक्रबार जारी प्रेस विज्ञप्तिमा सालिन्दा दसैँ तिहारमा औद्योगिक कच्चा पदार्थको अभावमा डेरी उद्योगनै बन्द गर्नुपर्ने स्थिति आएकाले केही समयसम्म झोल दूधको आयात गर्न सरकारलाई सुझाव दिएको छ ।
यसअघि केन्द्रीय दुग्ध उत्पादक सहकारी सङ्घ, नेपाल डेरी एशोसिएशन, दुग्ध विकास संस्थानलगायतले भारतबाट केही समयका लागि झोल दूध ल्याउन सरकारको ध्यानाकर्षण गरेको सङ्घका अध्यक्ष राजकुमार दाहालले जानकारी दिनुभयो । सरकारले माग सम्बोधन गर्न आलटाल गरेकाले कररभ्याट तिर्ने निजी डेरी उद्योगले लगभग ४० प्रतिशतसम्म बिक्री वितरण कटौती गर्नुपरेको र पनिर, घ्यू, आइसक्रिमलगायत राजस्व सङ्कलन हुने दुग्धजन्य पदार्थको उत्पादन नै ठप्प गर्नुपर्ने स्थिति सिर्जना भएको विज्ञप्तिमा उल्लेख छ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |