Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ अषाढ १६, मंगलबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार
  • सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
  • रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
  • रिलायन्स फाइनान्स र लाङ्घाली डेन्टलबीच सम्झौता: दन्त उपचारमा ५० प्रतिशतसम्म विशेष छुट रिलायन्स फाइनान्स र लाङ्घाली डेन्टलबीच सम्झौता: दन्त उपचारमा ५० प्रतिशतसम्म विशेष छुट
  • नीलकण्ठका वडा सचिव तथा स्वास्थ्य संस्था इन्चार्जहरुलाई  क्षमता विकास तालिम नीलकण्ठका वडा सचिव तथा स्वास्थ्य संस्था इन्चार्जहरुलाई क्षमता विकास तालिम
  • सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित

चार महिनापछि ट्रान्फर स्टेशनमा रित्तिँदै फोहोर

नीलकण्ठ एफ.एम २२८२ पटक पढिएको प्रकाशित मिति: २०७९ भाद्र १८, शनिबार (३ साल अघि)
चार महिनापछि ट्रान्फर स्टेशनमा रित्तिँदै फोहोर

काठमाडौँ,१८ फागुन ।
चार महिनापछि टेकुस्थित ट्रान्फर स्टेशनको फोहोर व्यवस्थापनको काम आइतबार बिहानसम्ममा सकिने भएको छ । सिसडोल र बञ्चरेडाँडाका स्थानीयवासीले विगतमा महानगरसँग भएको सम्झौताअनुसार सडक मर्मतको काम समयमा नै सम्पन्न नगरेको, स्थानीयवासीलाई स्वास्थ्य, शिक्षा, रोजगारीको व्यवस्थाजस्ता माग पूरा नगरेको भन्दै कहिले फोहर बोकेको गाडी तोडफोड र कहिले सडक नै अवरोध गरेपछि विगत चार महिनादेखि काठमाडाँै उपत्यकाको फोहोर टेकुमा अल्पकालीन व्यवस्थापन गरिएको थियो ।

यसरी लामो समयसम्म फोहरको अन्तिम व्यवस्थापनको काम हुन नसक्दा ट्रान्फर स्टेशनमा मात्र होइन, काठमाडौँ उपत्यकाका अन्य सडक किनारामा पनि जताततै फोहर नै फोहर थियो । उपत्यकाको फोहर व्यवस्थापनका सम्बन्धमा यही भदौ पहिलो साता काठमाडौँ, धादिङ र नुवाकोटका प्रमुख जिल्ला अधिकारी, सिसडोल र बञ्चरेडाँडाका स्थानीयवासीबीच भएको चार बुँदे सहमतिपछि भदौ पहिलो सातादेखि फोहोर व्यवस्थापन कार्य हुन थालेको हो ।

सहमतिपछि यसअघि सडकमा थुपारिएको फोहर व्यवस्थापनको काम सकिएको छ भने आइतरबादेखि ट्रान्फर स्टेशनमा चार महिनादेखि थुपारिएको फोहोर पनि पूर्णरूपमा व्यवस्थापनको काम सकिने कामपाको प्रमुख बालेन्द्र साहको सचिवालय सदस्य सुनिल लम्सालले जानकारी दिनुभयो ।

गत वैशाख १२ गतेदेखि टेकुमा थुपारिएको फोहरको व्यवस्थापन हुनसकेको थिएन । स्थानीयवासीको अवरोधकै बीच विगत चार महिनाको अवधिमा बढीमा १५ दिन फोहोरको व्यवस्थापन भए पनि अन्य दिन एक गाडी पनि फोहरको व्यवस्थापन हुन नसकेको कामपाको भनाइ छ । उक्त स्थानमा राखिएको फोहर व्यवस्थापनको काम सकेसँगै अब नागरिकको घरबाट निस्किएको फोहर सिधैँ बञ्चरेडाँडा लगिने लम्सालले जानकारी दिनुभयो ।

यसअघिको फोहरसमेत व्यवस्थापन गर्नुपर्ने भएकाले अहिले साविकमा भन्दा बढी दैनिक तीन सय गाडी फोहर अन्तिम व्यवस्थापनका लागि बञ्चरेडाँडा पुग्ने गरेको छ । हाल कामपासहित अन्य १७ स्थानीय तहको फोहरको अन्तिम व्यवस्थापन बञ्चरेडाँडामा हुने गरेको छ । पछिल्लो समय थप पेचिलो सवाल बन्दै आएको सङ्घीय राजधानी काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापनका लागि कामपाले उपत्यकामा नै कुहिने फोहोर व्यवस्थापन गर्न भन्दै स्थान पहिचानको काम गरिरहेको बताएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • पोषणमैत्री स्थानीय शासन प्रवर्द्धन सम्बन्धी अभिमुखीकरण धादिङबेसीमा सम्पन्न

    पोषणमैत्री स्थानीय शासन प्रवर्द्धन सम्बन्धी अभिमुखीकरण धादिङबेसीमा सम्पन्न

  • स्वावलम्बी बहिरा विद्यालयमा पङ्खा हस्तान्तरण र निःशुल्क स्वास्थ्य परीक्षण

    स्वावलम्बी बहिरा विद्यालयमा पङ्खा हस्तान्तरण र निःशुल्क स्वास्थ्य परीक्षण

  • नीलकण्ठ बहुमुखी क्याम्पसमा राष्ट्रिय धान दिवसका अवसरमा असारे गीत श्रवण कार्यक्रम

    नीलकण्ठ बहुमुखी क्याम्पसमा राष्ट्रिय धान दिवसका अवसरमा असारे गीत श्रवण कार्यक्रम

  • धान दिवसमा दही–चिउरा खाएर सांस्कृतिक पर्व मनाइयो

    धान दिवसमा दही–चिउरा खाएर सांस्कृतिक पर्व मनाइयो

  • समाचार
    पोषणमैत्री स्थानीय शासन प्रवर्द्धन सम्बन्धी अभिमुखीकरण धादिङबेसीमा सम्पन्न

    पोषणमैत्री स्थानीय शासन प्रवर्द्धन सम्बन्धी अभिमुखीकरण धादिङबेसीमा सम्पन्न

    स्वावलम्बी बहिरा विद्यालयमा पङ्खा हस्तान्तरण र निःशुल्क स्वास्थ्य परीक्षण

    स्वावलम्बी बहिरा विद्यालयमा पङ्खा हस्तान्तरण र निःशुल्क स्वास्थ्य परीक्षण

    नीलकण्ठ बहुमुखी क्याम्पसमा राष्ट्रिय धान दिवसका अवसरमा असारे गीत श्रवण कार्यक्रम

    नीलकण्ठ बहुमुखी क्याम्पसमा राष्ट्रिय धान दिवसका अवसरमा असारे गीत श्रवण कार्यक्रम

    धान दिवसमा दही–चिउरा खाएर सांस्कृतिक पर्व मनाइयो

    धान दिवसमा दही–चिउरा खाएर सांस्कृतिक पर्व मनाइयो

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0