धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार
सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
रिलायन्स फाइनान्स र लाङ्घाली डेन्टलबीच सम्झौता: दन्त उपचारमा ५० प्रतिशतसम्म विशेष छुट
नीलकण्ठका वडा सचिव तथा स्वास्थ्य संस्था इन्चार्जहरुलाई क्षमता विकास तालिम
सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित
काठमाडौँ,१३ भाद्र ।
प्रतिनिधिसभाको आजको बैठकमा राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कन समितिको वार्षिक प्रतिवेदन पेश भएको छ ।
बैठकमा समितिका सभापति नीरादेवी जैरुले समितिको वार्षिक प्रतिवेदन, २०७६ र एकीकृत प्रतिवेदन, २०७९ पेस गर्नुभएको हो । ‘राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कन समितिको वार्षिक प्रतिवेदन, २०७६’ र ‘राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कन समितिको एकीकृत प्रतिवेदन, २०७९’क पेस भएको छ ।
समिति गठन भएपश्चात् प्रतिवेदन तयारीको अवधिसम्म कूल ५३ बैठक भएको र संविधानमा उल्लेख भएका राज्यका विभिन्न नीतिमध्ये शिक्षा, स्वास्थ्य, अन्तर्राष्ट्रिय सम्बन्ध तथा विकाससम्बन्धी नीतिका विषयलाई प्रमुख प्राथमिकतामा राखी समितिको कार्ययोजना तयार गरी कार्यान्वयन गर्दै आएको सभापति जैरुले बताउनुभयो ।
उहाँले समितिलाई आगामी दिनमा प्रभावकारी र परिणाममुखी बनाउन सरोकारवालासँग समन्वय गरेर अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो । बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको बेहोरा पढेर सुनाउनुभएको थियो ।
त्यसैगरी सभामुख सापकोटाले नेपाली कांग्रेसका तर्फबाट सिरहा क्षेत्र नं १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य प्रदीप गिरीको गत भदौ ४ गते निधन भएकाले नेपालको संविधानको धारा ८९ को खण्ड च बमोजिम प्रतिनिधिसभा सदस्यको स्थान एक रिक्त भएको व्यहोरा जानकारी गराउनुभएको थियो ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |