वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’
कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय
शिवज्योती महिला बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्षमा शोभा छत्कुली निर्वाचित
नेपाली कांग्रेसको १५औँ महाधिवेशनः केन्द्रीय महाधिवेशन प्रतिनिधिमा यामनाथ दनैको उम्मेदवारी
धादिङका छ पालिकाले दिए दुई दिन विद्यालय बिदा
देश रोएका बेला परदेश बस्न नसक्ने एनआरएनए उपाध्यक्ष लोकप्रसाद दाहाल
धादिङ,०४ भाद्र ।
अखिल (क्रान्तिकारी) ले धादिङको बेनिघाट रोराङ गाउँपालिकाको च्यात्रा गाउँमा विद्यालय भवन निर्माण गरेको छ।
विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ले बेनिघाट–रोराङ गाउँपालिकाको वडा न. १ र २ को सिमानामा पर्ने च्यात्रा गाउँमा विद्यालय भवन निर्माण गरेका हुन् । उक्त भवनको शुक्रबार एक कार्यक्रमका बिच संगठनले उद्घाटन गरेको छ ।
धादिङ जिल्लाको अति विकट त्यस बस्तीमा यसभन्दा पहिले विद्यालय थिएन ।नजिकको विद्यालय पनि तीन घण्टाको दुरीमा रहेको र भिरालो वाटो भएकोले बालबालिका पढ्ने अवसरवाट वञ्चित थिए । अखिल (क्रान्तिकारी) अध्यक्ष प्रकाश शाहीका अनुसार २५ घरधुरी रहेको यस गाउँमा करिब ५० को संख्यामा विद्यालय जाने उमेरका बालबालिका रहेका छन् ।
अखिल (क्रान्तिकारी ) ले आफ्नै लगानी, श्रमदान र स्थानीयसंगको सहकार्यमा ४ कोठे विद्यालय भवन निर्माण गरेको हो । उद्घाटनलगत्तै विद्यालयमा पढाइ सुरु भएको छ र ३० जना बालबालिका नियमित आउने गरेको शिक्षक अस्मिता घलानले जानकारी दिनुभयो ।
विद्यालय भवनको उद्घाटनमा नेकपाका केन्द्रीय सदस्य सन्देश पौडेल, अखिल (क्रान्तिकारी) अध्यक्ष प्रकाश शाहीलगायतका नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।
मुख्य समाचार
मुख्य समाचार
मुख्य समाचार
स्थानीय मुद्दादेखि राष्ट्रिय सरोकारसम्म, भरपर्दो समाचार र जनताको आवाजलाई जोड्ने निलकन्ठ एफ.एम. र अनलाइन खबर पोर्टल ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
बागमती प्रदेश, नेपाल
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... |
| कार्यक्रारी सम्पादक : | |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |
ताजा समाचार, विशेष सामग्री र रेडियो कार्यक्रम सुन्न हामीसँग जोडिनुहोस् ।