धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार
सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
रिलायन्स फाइनान्स र लाङ्घाली डेन्टलबीच सम्झौता: दन्त उपचारमा ५० प्रतिशतसम्म विशेष छुट
नीलकण्ठका वडा सचिव तथा स्वास्थ्य संस्था इन्चार्जहरुलाई क्षमता विकास तालिम
सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित
काठमाडौँ,०३ भाद्र ।
नेपालमा एक वर्षमा करिव साढे दुई अर्ब रुपैयाँको विभिन्न प्रकारका क्यामरा भित्रने गरेको पाइएको छ । भन्सार विभागका अनुसार गत आर्थिक वर्ष २०७८/७९ मा उक्त मुल्य बराबरको क्यामना नेपाल भित्रिएको हो ।
२०७८ साउनदेखि २०७९ असार मसान्तसम्मको अवधिमा नेपालले विभिन्न देशबाट २ अर्ब ४६ करोड ४९ लाख २४ हजार रुपैयाँको क्यामरा आयात गरेको विभागको तथ्याङ्कले देखाउँछ । सो अवधिमा ४ लाख ३६ हजार ८९७ थान विभिन्न प्रकारका क्यामरा नेपाल भित्रिएको विभागले जनाएको छ ।
विभागका अनुसार गत आर्थिक वर्ष २५ करोड ७६ लाख ७७ हजार रुपैयाँको टेलिभिजन क्यामरा, १६ करोड २२ लाख ११ हजार रुपैयाँको डिजिटल क्यामरा, ५ करोड ८७ लाख ७२ हजार रुपैयाँको भिडियो क्यामरा रेकर्डर र १ अर्ब ९० करोड २१ लाख ९५ हजार रुपैयाँको अन्य क्यामरा नेपालले आयात गरेको छ ।
अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा नेपालले १ अर्ब ७७ करोड २४ लाख १४ हजार रुपैयाँको विभिन्न क्यामराहरु आयात गरेको थियो । सो मुल्यमा ३ लाख ९९ हजार २२ थान क्यामरा नेपाल भित्रिएको थियो ।
नेपालमा क्यामराहरु अष्ट्रेलिया, चीन, जर्मनी, भारत, इन्डोनेसिया, जापान, मेक्सिको, सिंगापुर, थाइल्याण्ड, युनाइटेड अरब इमिरेट्स, अमेरिका, इजिप्ट, इजरायल, इटाली, दक्षिण कोरिया, कुवेत, मलेसिया, न्युजल्याण्ड, कतार, बेलायत, भियतनाम लगायतका देशबाट आउने गरेको विभागले जनाएको छ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |