नीलकण्ठ एफ.एम.
0:00
Live on 93.5 MHz See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना

धादिङको हर खबर,तपाईंको साथमा

२०८३ कार्तिक ३, सोमबार धादिङ, नेपाल
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
अहिले लाइभ
नीलकण्ठ एफ.एम. ९८.५ मेगाहर्ज धादिङको आफ्नै आवाज
Logo
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
ताजा खबर
  • वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’ वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’
  • कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय  कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय 
  • शिवज्योती महिला बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्षमा शोभा छत्कुली निर्वाचित शिवज्योती महिला बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्षमा शोभा छत्कुली निर्वाचित
  • नेपाली कांग्रेसको १५औँ महाधिवेशनः केन्द्रीय महाधिवेशन प्रतिनिधिमा यामनाथ दनैको उम्मेदवारी नेपाली कांग्रेसको १५औँ महाधिवेशनः केन्द्रीय महाधिवेशन प्रतिनिधिमा यामनाथ दनैको उम्मेदवारी
  • धादिङका छ पालिकाले दिए दुई दिन विद्यालय बिदा धादिङका छ पालिकाले दिए दुई दिन विद्यालय बिदा
  • देश रोएका बेला परदेश बस्न नसक्ने एनआरएनए उपाध्यक्ष लोकप्रसाद दाहाल देश रोएका बेला परदेश बस्न नसक्ने एनआरएनए उपाध्यक्ष लोकप्रसाद दाहाल
समाचार
ताजा समाचार

धादिङकी एक महिलामा हैजा पुष्टि : सचेतना फैलाउदै स्वास्थ्य कार्यालय

नीलकण्ठ एफ.एम
  • २०७९ श्रावण ३१, मंगलबार
  • ४ साल अघि
  • ६ मिनेट पढाइ
  • १८४६ पटक पढिएको
धादिङकी एक महिलामा हैजा पुष्टि : सचेतना फैलाउदै स्वास्थ्य कार्यालय

धादिङ,३१ साउन।
धादिङको थाक्रे गाउँपालिका वडा नं.२ सिम्लेकी एक महिलामा हैजा पुष्टि भएको छ ।

साउन २९ गते झाडाबान्ता भई उपचारका क्रममा टेकु अस्पताल काठमाडौँ पु¥याइएको एक महिलामा हैजा पुष्टि भएको स्वास्थ्य कार्यालय धादिङले जानकारी दिएको छ । स्वास्थ्य कार्यालय धादिङका वरिष्ठ जनस्वास्थ्य प्रशासक सागरप्रसाद घिमिरेका अनुसार सोही ठाउँका अन्य चार जना स्थानीयलाई समेत सोही प्रकारको लक्षण देखिएको छ ।

हैजा देखिएपछि स्वास्थ्य कार्यालय, नेपाल रेडक्रस सोसाइटी तथा गैरसरकारी संस्था लगाएतका प्रतिनिधिहरुले स्थलगत अवलोकन गरी उपचार तथा पानीको परिक्षण लगायत सचेतना कार्यक्रमहरु गरिएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ ।स्वास्थ्य कार्यालय धादिङले खाना तथा पानी छोपेर राख्न, पानी उमालेर खान, व्यक्तिगत सरसफाईमा ध्यान दिन, बासी खानेकुरा नखान अनुरोध गरेको छ ।

के हो हैजा?

हैजा गम्भीर खालको झाडापखाला हो। समयमा उपचार गरिएन भने पीडित व्यक्तिको मृत्यु केही घण्टामै हुन सक्छ। भिब्रिओ कोलरी नाम गरेको ब्याक्टेरियाका कारण यो रोग लाग्छ । अनुसन्धानकर्ताहरूका अनुसार विश्वभरि बर्सेनि १३ लाख देखि ४० लाख मानिसलाई हैजा भएको हुन सक्छ।हैजाका कारण बर्सेनि २१,००० देखि १,४३,००० मानिसको संसारभरि मृत्यु हुने आकलन गरिएको छ

हैजा भएका ८० प्रतिशत बिरामीको जीवनजल प्रयोग गरेर सफलतापूर्वक उपचार हुन्छ,गम्भीर खालको हैजा लाग्दा तत्काल एन्टिबायोटिक र नसाबाट सलाइन दिएर उपचार गर्नुपर्छ ।अरू पानीजन्य रोगमा जस्तै हैजा रोकथाम गर्न सुरक्षित पानी तथा सरसफाइ महत्त्वपूर्ण हुन्छन्विश्वमा हैजाबाट हुने मृत्यु ९० प्रतिशतले घटाउने उद्देश्य राखेर सन् २०१७ मा एउटा रणनीति ल्याइएको छ ।

के हुन् हैजाका लक्षण?

अन्य झाडापखालाझैँ हैजा हुँदा पनि पातलो दिसा र बान्ता हुन्छ।

तर हैजा लागेको व्यक्तिले तारन्तार पातलो चौलानी पानीजस्तो दिसा गर्ने र वमन गर्ने चिकित्सकहरूको भनाइ छ।

सामान्य झाडापखाला लागेको र एकदुई पटक दिसा भएको हो भने त्यो व्यक्तिले घरमै जीवनजल खाएर स्वास्थ्य अवस्था कस्तो हुन्छ त्यो विचार गर्नुपर्ने हुन्छ।

तर तारन्तर चौलानी पानीजस्तो पातलो दिसा भयो भने नजिकैको स्वास्थ्य चौकी जाने सुझाव चिकित्सकहरूको छ।

यसको उपचारका लागि शरीरबाट घटेको पानी तथा लवणतत्त्व सेलाइनमार्फत् दिइन्छ र एन्टिबायोटिकको पनि प्रयोग हुन्छ।

कसरी हुन्छ सङ्क्रमण?

हैजाको जीवाणुले सानो आन्द्रामा आक्रमण गर्छ।

गर्मी र वर्षाको समयमा पानीको स्रोतमा हैजाको जीवाणु मिसिन पुग्यो भने दूषित पानी पिउने मानिसमा यो रोगको सङ्क्रमण हुन सक्छ।
दूषित पानी प्रयोग भएको खाद्य पदार्थबाट पनि यो सर्न सक्छ।

कसरी गर्न सकिन्छ रोकथाम?

हैजा र अन्य पानीजन्य सरुवा रोग रोकथाम गर्न खानेपानीको स्रोत सफा राख्न आवश्यक छ।

खानेपानीका साथै ढल व्यवस्थापन गर्न पनि उत्तिकै महत्त्वपूर्ण मानिन्छ।

सबै व्यक्तिले एउटै स्रोतको पानी प्रयोग गर्ने तथा ढल र शौचालयको व्यवस्थित उपाय नभएको ठाउँमा हैजाले महामारीको रूप लिन सक्ने सम्भावना बढी हुने बताइन्छ।

यसका साथै व्यक्तिगत सरसफाइमा पनि ध्यान दिनु आवश्यक भएको स्वास्थ्यकर्मीहरू बताउँछन्।

खाना खानुअघि, खाएपछि, फोहर चलाएपछि र शौचालय गएपछि साबुनपानीले हात धुने बानी बसाल्दा यो रोगको नियन्त्रण गर्न सकिन्छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धित थप
इतिहासको साक्षी भैरवी मन्दिर : आस्थाको शिखरदेखि पर्यटनको नयाँ गन्तव्यसम्म मनोरन्जन

इतिहासको साक्षी भैरवी मन्दिर : आस्थाको शिखरदेखि पर्यटनको नयाँ गन्तव्यसम्म

२ दिन अघि
बाढीले क्षति पुर्‍याएका झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा, स्थानीयलाई आवतजावतमा सहज मुख्य समाचार

बाढीले क्षति पुर्‍याएका झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा, स्थानीयलाई आवतजावतमा सहज

२ दिन अघि
कांग्रेस सिद्धलेकका निवर्तमान सभापति रामशरण गिरी रास्वपामा प्रवेश समाचार

कांग्रेस सिद्धलेकका निवर्तमान सभापति रामशरण गिरी रास्वपामा प्रवेश

२ दिन अघि
लायन्स क्लब अफ धादिङ समाज स्थापना, डा. दिनेश रेग्मी बने चार्टर प्रेसिडेन्ट मुख्य समाचार

लायन्स क्लब अफ धादिङ समाज स्थापना, डा. दिनेश रेग्मी बने चार्टर प्रेसिडेन्ट

३ दिन अघि
गजुरीमा सम्पन्न एकीकृत स्वास्थ्य शिविरबाट ३५१ नागरिक लाभान्वित मुख्य समाचार

गजुरीमा सम्पन्न एकीकृत स्वास्थ्य शिविरबाट ३५१ नागरिक लाभान्वित

३ दिन अघि
नीलकण्ठ नगरपालिकाको वार्षिक तथा चालु आर्थिक वर्षको समीक्षा, विकास निर्माण र सेवा प्रवाहको प्रगतिमाथि छलफल मुख्य समाचार

नीलकण्ठ नगरपालिकाको वार्षिक तथा चालु आर्थिक वर्षको समीक्षा, विकास निर्माण र सेवा प्रवाहको प्रगतिमाथि छलफल

४ दिन अघि
नीलकण्ठका ४१ सहकारीका कर्मचारीलाई दुई दिने क्षमता विकास तालिम मुख्य समाचार

नीलकण्ठका ४१ सहकारीका कर्मचारीलाई दुई दिने क्षमता विकास तालिम

५ दिन अघि
स्वास्थ्य सूचक तथा कार्यसम्पादन मूल्याङ्कनमा नीलकण्ठ नगरपालिका धादिङ जिल्लामै प्रथम मुख्य समाचार

स्वास्थ्य सूचक तथा कार्यसम्पादन मूल्याङ्कनमा नीलकण्ठ नगरपालिका धादिङ जिल्लामै प्रथम

५ दिन अघि
गजुरी प्राथमिक स्वास्थ्य केन्द्रलाई रु २८ लाखभन्दा बढीका स्वास्थ्य उपकरण सहयोग मुख्य समाचार

गजुरी प्राथमिक स्वास्थ्य केन्द्रलाई रु २८ लाखभन्दा बढीका स्वास्थ्य उपकरण सहयोग

६ दिन अघि
पश्चिमी र मनसुनी वायुको प्रभाव कायमै, आज देशका यी भूभागमा वर्षाको सम्भावना मुख्य समाचार

पश्चिमी र मनसुनी वायुको प्रभाव कायमै, आज देशका यी भूभागमा वर्षाको सम्भावना

६ दिन अघि
विश्वकप क्रिकेट लिग–२ मा नेपालले आज ओमानसँग खेल्दै मुख्य समाचार

विश्वकप क्रिकेट लिग–२ मा नेपालले आज ओमानसँग खेल्दै

६ दिन अघि
नवरात्रको तेस्रो दिनः चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै मुख्य समाचार

नवरात्रको तेस्रो दिनः चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै

६ दिन अघि
समाचार
इतिहासको साक्षी भैरवी मन्दिर : आस्थाको शिखरदेखि पर्यटनको नयाँ गन्तव्यसम्म

इतिहासको साक्षी भैरवी मन्दिर : आस्थाको शिखरदेखि पर्यटनको नयाँ गन्तव्यसम्म

बाढीले क्षति पुर्‍याएका झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा, स्थानीयलाई आवतजावतमा सहज

बाढीले क्षति पुर्‍याएका झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा, स्थानीयलाई आवतजावतमा सहज

कांग्रेस सिद्धलेकका निवर्तमान सभापति रामशरण गिरी रास्वपामा प्रवेश

कांग्रेस सिद्धलेकका निवर्तमान सभापति रामशरण गिरी रास्वपामा प्रवेश

लायन्स क्लब अफ धादिङ समाज स्थापना, डा. दिनेश रेग्मी बने चार्टर प्रेसिडेन्ट

लायन्स क्लब अफ धादिङ समाज स्थापना, डा. दिनेश रेग्मी बने चार्टर प्रेसिडेन्ट

नीलकण्ठ एफ.एम.

स्थानीय मुद्दादेखि राष्ट्रिय सरोकारसम्म, भरपर्दो समाचार र जनताको आवाजलाई जोड्ने निलकन्ठ एफ.एम. र अनलाइन खबर पोर्टल ।

छिटो पहुँच

  • Home
  • पृष्ठभुमि
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • ईतिहास
  • सम्पर्क
  • बिज्ञापन
  • मेरो लिष्ट

विषयगत क्षेत्रहरू

  • स्थानीय समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य

सम्पर्क जानकारी

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
बागमती प्रदेश, नेपाल

010521430, 9851120850

[email protected]

neelkanthafm.com

प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....

हाम्रो टीम

अध्यक्ष : बद्रि अधिकारी
प्रधानसम्पादक : .....
कार्यक्रारी सम्पादक :
ब्यबस्थापक :....
कानूनी सल्लाहकार :.....
बजार ब्यबस्थापक : .....

हामीसँग जोडिनुहोस्

ताजा समाचार, विशेष सामग्री र रेडियो कार्यक्रम सुन्न हामीसँग जोडिनुहोस् ।

फेसबुक

© २०७८ नीलकण्ठ एफ.एम.
Designed by: GOJI Solution
LIVE RADIO
0