धादिङबेशीमा हानबीको शाखा खुल्यो, जापान अध्ययनका लागि भाषा तथा परामर्श सेवा प्रदान गरिने
धादिङ प्रहरीको अपरेशनः अफिम, भरुवा बन्दुक र फरार अभियुक्त पक्राउ
निर्माण सामग्रीको अस्वाभाविक मूल्यवृद्धिविरुद्ध धादिङका व्यवसायी आन्दोलित
बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ
धादिङबेशीमा वर्तमान अवस्थामा सहकारी बिषयक अन्तरक्रिया
नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको सदस्यमा रमेश धमला चयन
धादिङ,०८ साउन।
कुमारी बैँक लिमिटेड धादिङबेशीले दुर्घटनामा परी निधन भएका ग्राहकका परिवारलाई मृत्यु दावी भुक्तानी बापत दश लाख प्रदान गरेको छ । गत जेठ ३१ गते धादिङबाट काठमाडौँ जानेक्रममा धुनीवेशी नगरपालिका वडा नं ९ स्थित सुरुङमार्ग नजिकै मोटरसाईकल दर्घटनामा परी ज्यान गुमाएका नीलकण्ठ नगरपालिका वडा नम्बर १२ निवासी यम बहादुर मगरको परिवारलाई बैँकको धादिङबेशी शाखाले रु १० लाख हस्तान्तरण गरेको हो ।
आइतबार एक कार्यक्रमका बीच बैँकका शाखा प्रबन्धक धन बहादुर श्रेष्ठले मृतक मगरकीे श्रीमती कमला मगर र मृतकका दाइ बल बहादुर मगरलाई रु १० लाखको चेक हस्तान्तरण गर्नुभएको हो ।
परिवार सुरक्षा वचत खाता मार्फत गरिएको उक्त बीमाले मगरका परिवारलाई राहत मिलेको छ । उतm कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी धादिङका उपमन्त्री नारायण कुमार श्रेष्ठ, सांकोष माध्यमिक विद्यालयका शिक्षक नविन श्रेष्ठ र बैंकका कर्मचारीहरुको सहभागिता रहेको थियो।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |