Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ भाद्र २, मंगलबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • ईभी हाइस रोकेर चालक श्रेष्ठ आफू अस्ताए, धादिङका १८ कानून व्यवसायीलाई बचाए ईभी हाइस रोकेर चालक श्रेष्ठ आफू अस्ताए, धादिङका १८ कानून व्यवसायीलाई बचाए
  • ज्वालामुखीलाई २०८५ भित्र पूर्ण सरसफाइ उन्मुख क्षेत्र बनाउने लक्ष्य ज्वालामुखीलाई २०८५ भित्र पूर्ण सरसफाइ उन्मुख क्षेत्र बनाउने लक्ष्य
  • लायन राजाराम रिजाल सम्मानित लायन राजाराम रिजाल सम्मानित
  • धादिङ बार एसोसिएसनको अध्यक्षमा अधिवक्ता रामचन्द्र भट्ट चयन धादिङ बार एसोसिएसनको अध्यक्षमा अधिवक्ता रामचन्द्र भट्ट चयन
  • जिसस महासंघ बागमती प्रदेश समितिको अध्यक्षमा धादिङका नवराज अधिकारी चयन जिसस महासंघ बागमती प्रदेश समितिको अध्यक्षमा धादिङका नवराज अधिकारी चयन
  • नेपाल ज्योतिष परिषद् धादिङको अध्यक्षमा पुनः विष्णु न्यौपाने चयन नेपाल ज्योतिष परिषद् धादिङको अध्यक्षमा पुनः विष्णु न्यौपाने चयन

मुख्यमन्त्री पाण्डेद्धारा गजुरीको चेपाङ किशोरी छात्रावास भवन उद्घाटन

२०४७ पटक पढिएको प्रकाशित मिति: २०७९ अषाढ २५, शनिबार (४ साल अघि)
मुख्यमन्त्री पाण्डेद्धारा गजुरीको चेपाङ किशोरी छात्रावास भवन उद्घाटन

धादिङ,२५ असार।
धादिङको गजुरी गाउँपालिका–१ हाँगेटारमा निर्माण भएको चेपाङ किशोरी छात्रावास भवनको उद्घाटन गरिएको छ ।

साढे चार रोपनी क्षेत्रफलमा निर्माण भएको भवनको शनिबार एक कार्यक्रमका बिच बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले उद्घाटन गर्नभएको हो। उद्घाटनपछि मुख्यमन्त्री पाण्डेले गजुरी गाउँपालिकाका अध्यक्ष गणेश लाल श्रेष्ठलाई भवन हस्तान्तरण गर्नुभएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री पाण्डेले छात्राबासमा रहने किशोरीहरुको लागी बागमती प्रदेश सरकारको तर्फबाट २० वटा कम्प्युटर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । उहाँले चेपाङ जातिको हक हितका लागि प्रदेश सरकारले विभिन्न योजना बनाएर काम गर्ने बताउनु भएको छ ।

No description available.

कार्यक्रममा गजुरी गाउँपालिकाका अध्यक्ष गणेशलाल श्रेष्ठले चेपाङ किशोरीको पढाइमा सहयोग गर्ने भन्दै छात्रावासको सही प्रयोग तथा व्यवस्थापनको लागी विकास साझेदारसँगको समन्वय तथा सहकार्य गर्ने बताउनु भएको छ । प्रयास नेपालका अध्यक्ष रेष्टन कडेलको सभापतित्वमा भएको कार्यक्रममा वागमती प्रदेशका मुख्यमन्त्री पाण्डेको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा जिसस धादिङका उपप्रमुख कुलमान बि.क., गजुरी गाउँपालिका अध्यक्ष गणेशलाल श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद लम्साल, गजुरी गाउँपालिका उपाध्यक्ष सर्मिला बिसुराल,वेनिघाट रोराङका उपाध्यक्ष टाप बहादुर श्रेष्ठ,बिभिन्न राजनितिक दलका प्रतिनिधिहरु, नेपाल चेपाङ संघका प्रतिनिधि, शिक्षक तथा शिक्षा प्रेमीहरु, आमा समूह एवम चेपाङ वालवालिकाहरु सहभागीता रहेको थियो । कार्यक्रमको अवसरमा भवन निर्माण सहयोग गर्ने संघ संस्था, व्यक्ति र पत्रकारहरुलाई सम्मान गरिएको थियो ।

प्रयत्नशील सामुदायिक विकास समाज(प्रयास नेपाल) धादिङले प्लानेट ईन्फान्ड एण्ड डेभलपमेन्ट, फ्रान्ससँगको साझेदारी तथा जिल्ला समन्वय समिति, गजुरी गाउँपालिका र नेपाल चेपाङ संघ धादिङको समन्वयमा निर्माण निर्माण गरिएको आवासिय चेपाङ छात्राबासमा ३६ जनाको क्षमताको रहेको छ ।

साढे चार रोपनी क्षेत्रफलमा छात्रावास भवन, भान्सा तथा डाइनिङ भवन, पुस्तकालय तथा पढाइ भवन, पालेघरसहितको भवन रु. २ करोड ३३ लाख २२ हजारको लागतमा निर्माण सम्पन्न भएको प्रयास नेपालका कार्यकारी निर्देशक दामोदर अर्यालले बताउनुभयो ।

No description available.

दुर्गम भुगोलका शिक्षाबाट बञ्चित, आर्थिक अवस्था कमजोर भएका किशोरीहरुका लागि छात्राबास निर्माण गरिएको भन्दै कार्यकारी निर्देशक अर्यालले छात्रावासले चेपाङ किशोरीहरुको शैक्षिक विकासमा उल्लेख्य सुधार ल्याउने विश्वास व्यक्त गर्नुभयो ।

विकट क्षेत्रमा उच्च शिक्षा हाँसिल गर्न आउदा हुने बसाइ ब्यवस्थापन सहज बनाउन, चेपाङ किशोरीहरुको शैक्षिक विकासमा सहयोग पु¥याउनको लागि छात्राबास निर्माण गरिएको उहाँको भनाई छ । उक्त छात्रावासमा केही समय अघिदेखी ३१ जना किशोरी बस्दै आएका छन्। दक्षिणी धादिङको महाभारत पर्वत श्रृंखलामा सिमान्तकृत चेपाङ समुदायको बसोबास रहेको छ।

No description available.

No description available.

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
शिक्षा सम्बन्धि थप
  • गजुरी नजिकै चालिसेमा पहिरो खस्दा पृथ्वीराजमार्ग अवरुद्ध

    गजुरी नजिकै चालिसेमा पहिरो खस्दा पृथ्वीराजमार्ग अवरुद्ध

  • पुछारबजार टोल विकास संस्थाको अध्यक्षमा शरणकुमार श्रेष्ठ निर्वाचित

    पुछारबजार टोल विकास संस्थाको अध्यक्षमा शरणकुमार श्रेष्ठ निर्वाचित

  • चिल्ड्रेनपार्क आवासीय माध्यमिक विद्यालयमा मनोपरामर्श तथा उत्प्रेरणा कार्यक्रम सम्पन्न, विद्यार्थीहरु उत्साहित

    चिल्ड्रेनपार्क आवासीय माध्यमिक विद्यालयमा मनोपरामर्श तथा उत्प्रेरणा कार्यक्रम सम्पन्न, विद्यार्थीहरु उत्साहित

  • अन्तर्राष्ट्रिय युवा दिवसमा रास्वपाको अभियान : सिद्धलेकमा वृक्षारोपण, धुनिबेँसीमा १३५ जनाद्वारा रक्तदान

    अन्तर्राष्ट्रिय युवा दिवसमा रास्वपाको अभियान : सिद्धलेकमा वृक्षारोपण, धुनिबेँसीमा १३५ जनाद्वारा रक्तदान

  • समाचार
    गजुरी नजिकै चालिसेमा पहिरो खस्दा पृथ्वीराजमार्ग अवरुद्ध

    गजुरी नजिकै चालिसेमा पहिरो खस्दा पृथ्वीराजमार्ग अवरुद्ध

    पुछारबजार टोल विकास संस्थाको अध्यक्षमा शरणकुमार श्रेष्ठ निर्वाचित

    पुछारबजार टोल विकास संस्थाको अध्यक्षमा शरणकुमार श्रेष्ठ निर्वाचित

    चिल्ड्रेनपार्क आवासीय माध्यमिक विद्यालयमा मनोपरामर्श तथा उत्प्रेरणा कार्यक्रम सम्पन्न, विद्यार्थीहरु उत्साहित

    चिल्ड्रेनपार्क आवासीय माध्यमिक विद्यालयमा मनोपरामर्श तथा उत्प्रेरणा कार्यक्रम सम्पन्न, विद्यार्थीहरु उत्साहित

    अन्तर्राष्ट्रिय युवा दिवसमा रास्वपाको अभियान : सिद्धलेकमा वृक्षारोपण, धुनिबेँसीमा १३५ जनाद्वारा रक्तदान

    अन्तर्राष्ट्रिय युवा दिवसमा रास्वपाको अभियान : सिद्धलेकमा वृक्षारोपण, धुनिबेँसीमा १३५ जनाद्वारा रक्तदान

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0