Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ श्रावण ११, सोमबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट
  • न्यूनतम सेवा मापदण्डमा ढोला स्वास्थ्य चौकी जिल्लाकै उत्कृष्ट न्यूनतम सेवा मापदण्डमा ढोला स्वास्थ्य चौकी जिल्लाकै उत्कृष्ट
  • भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा
  • एन्डिला बुटिक कलेक्सनको प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेयद्वारा  उद्घाटन, शान्त बजारमा आधुनिक सेवा विस्तार एन्डिला बुटिक कलेक्सनको प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेयद्वारा उद्घाटन, शान्त बजारमा आधुनिक सेवा विस्तार
  • ३० वर्षदेखि ग्राभेलसमेत हुन सकेन पानधारे–काउले सडक,स्थानीयको प्रश्न–‘अब कहिलेसम्म प्रतीक्षा?’ ३० वर्षदेखि ग्राभेलसमेत हुन सकेन पानधारे–काउले सडक,स्थानीयको प्रश्न–‘अब कहिलेसम्म प्रतीक्षा?’
  • नीलकण्ठ नगरपालिकाको सामी कार्यक्रम प्रभावकारी बन्दै : जिल्ला प्रशासनसँग समन्वय बैठक सम्पन्न नीलकण्ठ नगरपालिकाको सामी कार्यक्रम प्रभावकारी बन्दै : जिल्ला प्रशासनसँग समन्वय बैठक सम्पन्न

तेह्रथुम ‘ढाकाको राजधानी’

नीलकण्ठ एफ.एम १३१८ पटक पढिएको प्रकाशित मिति: २०७९ अषाढ २१, मंगलबार (४ साल अघि)
तेह्रथुम ‘ढाकाको राजधानी’

तेह्रथुम,२१ असार । ।

तेह्रथुम जिल्ला ‘ढाकाको राजधानी’ घोषित भएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र म्याङलुङ नगरपालिकाले तेह्रथुमको म्याङलुङमा एक कार्यक्रमको आयोजना गरी जिल्लालाई ‘ढाकाको राजधानी’ घोषणा गरिएको हो ।

विशेषतः लिम्बू समुदायले अत्यधिक मात्रामा उत्पादन गर्ने ढाका पछिल्लो समय जिल्लाको आम्दानीको एक मुख्य स्रोत रहेको थियो । ‘तेह्रथुमे ढाका’को नामले यहाँ उत्पादित ढाका कपडाले बजारसमेत लिइरहेको थियो । ढाका उत्पादनलाई बढाइ उद्योगका रूपमा विकसित गर्दै लैजान, ढाका कपडा बुन्ने सीप र कलालाई प्रचार–प्रसार गर्न, व्यावसायीकरण र विविधिकरण गर्न तथा तेह्रथुमको ढाकाको विशेष पहिचान स्थापित गर्न जिल्लालाई ढाकाको राजधानी घोषणा गरिएको हो ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय मन्त्रालयका सचिव अर्जुनप्रसाद पोखरेलले तेह्रथुमलाई ढाका कपडा राजधानीको जिल्ला घोषणा गरे । म्याङलुङमा स्थानीय खानाका परिकार, स्थानीय सांस्कृतिक झाँकीसहितको घोषणा कार्यक्रम सम्पन्न भएको हो । जिल्लामा उत्पादित ढाका कपडाको प्रवद्र्धन गरी ढाका उद्योगको विकास गर्न, घर–घरसम्म ढाका बुन्ने संस्कृतिको विस्तार गर्न र यहाँ उत्पादन हुने ढाका कपडाको बजारीकरणमा सहयोग गर्ने उद्देश्यका साथ जिल्लालाई ढाकाको राजधानी घोषणा गरिएकोे म्याङलुङ नगर प्रमुख सञ्जयकुमार तुम्बाहाम्फेले बताए ।

स्थानीय सरकारले ढाका कपडा उत्पादन कार्यलाई प्रवद्र्धन गर्न विगतका वर्षहरूबाटै ढाका बुनाइ तालिम तथा सहयोग सञ्चालन गर्दै आएको उनले जानकारी दिए । घरेलु तथा साना उद्योग कार्यालय तेह्रथुमका अनुसार जिल्लामा १४५ ढाका कपडा उद्योग दर्ता भएर सञ्चालनमा छन् । जिल्लामा एक हजारभन्दा बढी उद्योग दर्ता नभई सञ्चालनमा रहेको उक्त कार्यालयको आकलन छ ।

जिल्लाको ढाका उद्योगमा पाँच हजार बढी जनशक्तिले रोजगारी पाएको तथा ढाका कपडा बुनाइसम्बन्धी तालिम लिनेको सङ्ख्या १० हजारभन्दा बढी रहेको कार्यालयले जनाएको छ ।स्थानीयस्तरमा ढाका व्यवसास गर्दै आएका व्यवसायी कच्चा सामग्रीको अभाव खेपिरहेका छन् भने बजार सीमित हुँदा समस्या भोग्दै आएका छन् ।

जिल्ला ढाकाको राजधानी घोषणा भएपछि व्यवसायीका समस्या समाधान हुने व्यवसायी शोभा दाहालको अपेक्षा छ । “ढाका कपडा उत्पादनका लागि आवश्यक कच्चा सामग्री तथा बजारको एकदमै समस्या भइरहेको थियो । स्थानीयस्तरमै कच्चा सामग्री उत्पादन भएको खण्डमा हामी ढाका व्यावसायीलाई राहत हुन्थ्यो भन्ने आशा छ”, उनले भने ।

जिल्लामा उत्पादित ढाका कपडा स्वदेशसहित विश्वका विभिन्न मुलुकमा निर्यात हुँदै आएको छ । अन्तर्राष्ट्रिय बजारमा राम्रो माग भए पनि स्थानीयस्तरका उद्योग र अन्तर्राष्ट्रिय बजारसम्म पहुँच नहुँदा व्यवसायीले राम्रो आम्दानी लिन सकिरहेका थिएनन् । जिल्लामा साडी, चोली, दौरा सुरुवाल, कोट, मेख्ली, टाई, मख्लर, कुर्ता, सुरुवाललगायत ढाकाका सामग्री उत्पादन हुँदै आएका छन् ।

तेह्रथुमबाट वार्षिक करिब रु पाँच करोड मूल्य बराबरको ढाका कपडा निर्यात हुने गरेको सरकारी निकायहरूको तथ्याङ्क छ । हङ्कङ, बेलायत, सिङ्गापुर, भारत, ब्रुनाइलगायत मुलुकमा यहाँ उत्पादित ढाका निर्यात भएको पाइन्छ । ढाका कपडाले जिल्लाको अर्थतन्त्रलाई ठूलो टेवा पु-याएको भए पनि ढाका उत्पादनको प्रवद्र्धनमा प्रभावकारी कार्य हुनसकेको थिएन । राजधानी घोषणापछि ढाकाको उत्पादन तथा बजारीकरणमा सबैको ध्यान पुग्ने जिल्लावासीको विश्वास छ ।

ढाकाबाट यहाँका हजारौँ महिलाले रोजगारी पाएका छन् । जिल्लामा ढाकाका सामग्री उत्पादन गर्ने कार्यले उद्योगको रूप ग्रहण गर्न थालेको छ । हातले बनाइएका तेह्रथुमे ढाका आकर्षक र गुणस्तरीय मानिन्छन् । मेसिन प्रयोग नगरी हातले बनाएकाले तेह्रथुमे ढाकाको मूल्य अन्यत्रको तुलनामा केही बढी रहेको भए पनि ती सामग्री टिकाउ र गुणस्तरीय रहेको ढाका उत्पादकहरूको दाबी छ । राष्ट्रियस्तरको औद्योगिक प्रदर्शनीमा तेह्रथुमे ढाका उद्यमीहरूले एक दशकदेखि नै ‘ह्याण्डी क्याप’ शीर्षकमा सर्वोत्कृष्ट उद्यमीको स्थान हासिल गरिरहेका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
अर्थ सम्बन्धि थप
  • नीलकण्ठ पार्कमा रोपिएका १२५ आशा

    नीलकण्ठ पार्कमा रोपिएका १२५ आशा

  • नागढुङ्गा सिस्ने खोला सुरुङमार्ग उद्घाटन गरिँदै

    नागढुङ्गा सिस्ने खोला सुरुङमार्ग उद्घाटन गरिँदै

  • प्रदेश सरकार सहकार्यका लागि एमाले र नेपाली कम्युनिस्ट पार्टीबिच ३ बुँदे सहमति

    प्रदेश सरकार सहकार्यका लागि एमाले र नेपाली कम्युनिस्ट पार्टीबिच ३ बुँदे सहमति

  • आज हरिशयनी एकादशी : घर–घरमा तुलसीको बिरुवा सारिँदै

    आज हरिशयनी एकादशी : घर–घरमा तुलसीको बिरुवा सारिँदै

  • समाचार
    नीलकण्ठ पार्कमा रोपिएका १२५ आशा

    नीलकण्ठ पार्कमा रोपिएका १२५ आशा

    नागढुङ्गा सिस्ने खोला सुरुङमार्ग उद्घाटन गरिँदै

    नागढुङ्गा सिस्ने खोला सुरुङमार्ग उद्घाटन गरिँदै

    प्रदेश सरकार सहकार्यका लागि एमाले र नेपाली कम्युनिस्ट पार्टीबिच ३ बुँदे सहमति

    प्रदेश सरकार सहकार्यका लागि एमाले र नेपाली कम्युनिस्ट पार्टीबिच ३ बुँदे सहमति

    आज हरिशयनी एकादशी : घर–घरमा तुलसीको बिरुवा सारिँदै

    आज हरिशयनी एकादशी : घर–घरमा तुलसीको बिरुवा सारिँदै

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0