Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ जेष्ठ २२, शुक्रबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • धादिङबेशीमा हानबीको शाखा खुल्यो, जापान अध्ययनका लागि भाषा तथा परामर्श सेवा प्रदान गरिने धादिङबेशीमा हानबीको शाखा खुल्यो, जापान अध्ययनका लागि भाषा तथा परामर्श सेवा प्रदान गरिने
  • धादिङ प्रहरीको अपरेशनः अफिम, भरुवा बन्दुक र फरार अभियुक्त पक्राउ धादिङ प्रहरीको अपरेशनः अफिम, भरुवा बन्दुक र फरार अभियुक्त पक्राउ
  • निर्माण सामग्रीको अस्वाभाविक मूल्यवृद्धिविरुद्ध धादिङका व्यवसायी आन्दोलित निर्माण सामग्रीको अस्वाभाविक मूल्यवृद्धिविरुद्ध धादिङका व्यवसायी आन्दोलित
  • बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ
  • धादिङबेशीमा वर्तमान अवस्थामा सहकारी बिषयक अन्तरक्रिया धादिङबेशीमा वर्तमान अवस्थामा सहकारी बिषयक अन्तरक्रिया
  • नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको सदस्यमा रमेश धमला चयन नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको सदस्यमा रमेश धमला चयन

एक अर्बको सुपारी आयात, काजुदेखि कटुससम्म किनेर खान्छन् नेपाली

नीलकण्ठ एफ.एम ३१९३ पटक पढिएको प्रकाशित मिति: २०७९ अषाढ १७, शुक्रबार (३ साल अघि)
एक अर्बको सुपारी आयात, काजुदेखि कटुससम्म किनेर खान्छन् नेपाली

काठमाडौँ, १७ असार ।

नेपाल कसरी परनिर्भर बन्दै गएका छन् भन्ने एउटा सामान्य उदाहरणका रूपमा लिन सकिन्छ नेपालमा भइरहेको कटुसको आयात। नेपालका वनजङ्गलमा सहजरूपमा पाइने कटुससमेत आयात गरेर नेपालीले खाइरहेको पाइएको छ।

नेपालीले विशेषगरी भाइटीकाका दिनमात्रै प्रयोग गर्ने गरेको कटुसका बारेमा जानकारी पाएर पनि त्यसलाई व्यावसायिक उत्पादनमा ध्यान दिन सकेका छैनन्। तर त्यही कटुसको आयातका लागि अमेरिकन डलर खर्च भइरहेको छ।

व्यावसायिकरूपमा खेती गर्नु नपर्ने, वनजङ्गलमा सजिलै पाइने तथा गाउँघरमा खेर गइरहेको कटुससमेत आयात गरेर नेपालीले परनिर्भरताको उदाहरण पेस गरिरहेका छौँ। एघार महिनाको अवधिमा ७६ किलो कटुस आयात भएको छ। त्यसको मूल्यमात्रै रु ४९ हजार बराबर छ। सानो परिमाण भए पनि यसबाट विदेशी मुद्रा थप विदेशिएको छ।

भन्सार विभागले सार्वजनिक गरेको चालु आवको जेठ मसान्तसम्मको आयात निर्यातसम्बन्धी विवरणानुसार १३ लाख ७४ हजार ७८६ किलो काजु आयात भएको छ। उक्त परिमाणमा काजु आयात गर्नका लागि रु एक अर्ब ११ करोड ९२ लाख ७६ हजार खर्च भएको छ। त्यसबाट सरकारले रु ३४ करोड ४७ लाख ३९ हजार राजस्व सङ्कलन गरेको छ।

भारत, भियतनाम, मोजाम्बिक, नाइजेरिया, चिली, अमेरिकालगायत देशबाट नेपालमा काजु आयात हुने गरेको छ। भारतबाट मात्रै रु ४९ करोड १७ लाख ५९ लाख मूल्यमा ५७ लाख ३५ हजार ७८ हजार किलो काजु भित्रिएको छ।

त्यस्तै चालु आवको ११ महिना अवधिमा रु ७९ करोड ७१ लाख ७० हजार मूल्य बराबरमा कूल १२ लाख ४५ हजार ६८१ किलो बदाम (आल्मण्ड) आयात भएको छ। अमेरिकाबाट मात्रै १२ लाख पाँच हजार ३०२ किलो बदाम रु ७६ करोड ६८ लाख ८० हजार मूल्य बराबरको भित्रिएको छ।

अमेरिकामा आलमण्डको ठूलो मात्रामा व्यावसायिक खेती हुने गरेको छ। नेपालको हावापानीमा पनि आमल्ड उत्पादन हुनसक्छ। नेपालीले त्यसतर्फ ध्यान दिन सकेका छैनन्।

६९ करोड ६० लाखको ओखर आयात

विभागका अनुसार यस अवधिमा रु ६९ करोड ६० लाख ४९ हजार मूल्यमा २२ लाख ७७ हजार ५३७ किलो ओखर आयात भएको छ। नेपालको भिरपाखामा सहजै रोप्न सकिने ओखरसमेत आयात गरेर खानुपर्ने अवस्थाका कारण नेपालको परनिर्भरता झनै बढेर गएको हो।

ओखर आयात गर्दा मात्रै मुलुुकले रु २१ करोड ५२ लाख ८३ हजार रकम राजस्व सङ्कलन गरेको छ। छिमेकी मुलुक चीनबाट ओखर सबैभन्दा धेरै भित्रिने गरेको तथ्याङ्क छ। चालु आवको ११ महिनामा चीनबाट २० लाख ५६ हजार ६७९ किलो ओखर रु ६३ करोड १० लाख ७८ हजार मूल्य बराबरको आयात भएको छ। बाँकी परिमाण भने भारतलगायतका अन्य देशबाट आयात भएको छ।

त्यस्तै रु छ करोड ३७ लाख ६१ हजार मूल्यमा कूल छ लाख ९४ हजार २२३ किलो छोकडा आयात भएको छ। जसमा सुकेका छोकडा रु चार करोड १३ लाख ७३ हजार बराबरका छन् भने ताजा छोकडा रु दुई करोड २३ लाख ८८ हजारका बराबरका छन्।

एक अर्बको सुपारी आयात 

त्यस्तै चालु आवको गएको ११ महिनामा रु एक अर्ब ७० करोड ८५ लाख ८५ हजार मूल्य बराबरको कूल ८४ लाख ५१ हजार ४१५ किलो सुपारी आयात भएको छ। उक्त परिमाणको सुपारी नेपालले इन्डोनेशियाबाट आयात गरेको हो। नेपालले सुपारीको निर्यातसमेत गर्दछ।

तेस्रो मुलुकबाट सुपारी आयात गरी मुख्य गरी भारतमा यसको निर्यात हुँदै गरेको देखिन्छ। नेपालले यस अवधिमा रु ५६ करोड ८७ लाख ७० हजार मूल्य बराबरको १४ लाख १० हजार ६४० किलो सुपारी निर्यात गरेको छ।

विभागका अनुसार यस्ता अन्य ड्राइफ्रुट्स रु एक अर्ब ४३ करोड ७१ लाख ८४ हजार बराबरको आयात भएको छ। त्यसबाट सरकारले रु ७३ करोड ६७ लाख १५ हजार राजस्वसमेत सङ्कलन गरेको छ। नेपालीले नेपालको भौगोलिक अवस्था तथा हावापानीमा राम्रो उत्पादन हुने जुनेलोसमेत आयात गरिरहेको विवरण छ।

नेपालले चालु आवको जेठ मसान्तसम्मको अवधिमा ७७७ किलो जुनेलो रु ४० हजार मूल्यमा आयात गरेको छ। बारीका डिलमा रोप्दा हुने जुनेलो खरिद गर्न विप्रेषणबाट भित्रिएको पैसा खर्च गर्न थालेपछि त्यसले अर्थतन्त्रमा नकारात्मक प्रभाव पार्ने कुरा स्वभाविक नै भएको बताइएको छ।रासस

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
अर्थ सम्बन्धि थप
  • सिद्धलेक गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्रमाणीकरण घोषणा

    सिद्धलेक गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्रमाणीकरण घोषणा

  • सांङकोष माविमा एक दिने अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम सम्पन्न

    सांङकोष माविमा एक दिने अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम सम्पन्न

  • सीमाबारेको अभिव्यक्तिमा प्रधानमन्त्रीले माफी माग्नुपर्छ : एमाले

    सीमाबारेको अभिव्यक्तिमा प्रधानमन्त्रीले माफी माग्नुपर्छ : एमाले

  • धादिङमा सहकारी क्षेत्रमा एआईको प्रयोगबारे अभिमुखीकरण

    धादिङमा सहकारी क्षेत्रमा एआईको प्रयोगबारे अभिमुखीकरण

  • समाचार
    सिद्धलेक गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्रमाणीकरण घोषणा

    सिद्धलेक गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्रमाणीकरण घोषणा

    सांङकोष माविमा एक दिने अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम सम्पन्न

    सांङकोष माविमा एक दिने अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम सम्पन्न

    सीमाबारेको अभिव्यक्तिमा प्रधानमन्त्रीले माफी माग्नुपर्छ : एमाले

    सीमाबारेको अभिव्यक्तिमा प्रधानमन्त्रीले माफी माग्नुपर्छ : एमाले

    धादिङमा सहकारी क्षेत्रमा एआईको प्रयोगबारे अभिमुखीकरण

    धादिङमा सहकारी क्षेत्रमा एआईको प्रयोगबारे अभिमुखीकरण

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0