Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ श्रावण ११, सोमबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट
  • न्यूनतम सेवा मापदण्डमा ढोला स्वास्थ्य चौकी जिल्लाकै उत्कृष्ट न्यूनतम सेवा मापदण्डमा ढोला स्वास्थ्य चौकी जिल्लाकै उत्कृष्ट
  • भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा
  • एन्डिला बुटिक कलेक्सनको प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेयद्वारा  उद्घाटन, शान्त बजारमा आधुनिक सेवा विस्तार एन्डिला बुटिक कलेक्सनको प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेयद्वारा उद्घाटन, शान्त बजारमा आधुनिक सेवा विस्तार
  • ३० वर्षदेखि ग्राभेलसमेत हुन सकेन पानधारे–काउले सडक,स्थानीयको प्रश्न–‘अब कहिलेसम्म प्रतीक्षा?’ ३० वर्षदेखि ग्राभेलसमेत हुन सकेन पानधारे–काउले सडक,स्थानीयको प्रश्न–‘अब कहिलेसम्म प्रतीक्षा?’
  • नीलकण्ठ नगरपालिकाको सामी कार्यक्रम प्रभावकारी बन्दै : जिल्ला प्रशासनसँग समन्वय बैठक सम्पन्न नीलकण्ठ नगरपालिकाको सामी कार्यक्रम प्रभावकारी बन्दै : जिल्ला प्रशासनसँग समन्वय बैठक सम्पन्न

वैदेशिक रोजगारीमा जानेको संख्यामा उल्लेख्य वृद्धिः साढे पाँच लाखभन्दा बढीले लिए श्रम स्वीकृति, रेमिट्यान्स बढ्यो

नीलकण्ठ एफ.एम ३५२६ पटक पढिएको प्रकाशित मिति: २०७९ अषाढ १२, आईतबार (४ साल अघि)
वैदेशिक रोजगारीमा जानेको संख्यामा उल्लेख्य वृद्धिः साढे पाँच लाखभन्दा बढीले लिए श्रम स्वीकृति, रेमिट्यान्स बढ्यो

काठमाडौं, १२ असार । 

कोरोना महामारीको प्रभाव कम भएसँगै वैदेशिक रोजगारीमा जानेको संख्यामा उल्लेख्य वृद्धि भएको छ । वैदेशिक रोजगारीमा जानेको संख्या बढेसँगै नेपाल भित्रने रेमिट्यान्स पनि बढ्न थालेको छ ।

वैदेशिक रोजगार विभागका अनुसार चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो ११ महिनामा वैदेशिक रोजगारीमा जान कूल ५ लाख ६७ हजार ८३९ जनाले श्रम स्वीकृति लिएका छन् । यो संख्या नयाँ र पुनः श्रम स्वीकृति लिनेहरुको हो ।

२०७८ साउनदेखि २०७९ जेठ मसान्तसम्मको अवधिमा उक्त संख्याले श्रम स्वीकृति लिएका हुन् । विभागले उनीहरुलाई श्रम स्वीकृति प्रदान गरेको हो ।

गएको जेठ महिनामा मात्र ६२ हजार ३४९ जनाले वैदेशिक रोजगारीमा जानको लागि श्रम स्वीकृति लिएको विभागको तथ्याङ्कले देखाउँछ । जेठमा ८३ देशमा काम गर्न जानको लागि उनीहरुले श्रम स्वीकृति लिएका हुन् ।

विभागका अनुसार २०७८ साउनमा २५ हजार ४२८, भदौमा ३६ हजार ४०, असोजमा ३९ हजार ६७१, कात्तिकमा ५४ हजार ९१८, मंसिरमा ७४ हजार ३५४, पुसमा ६६ हजार ६२५, माघमा ५४ हजार ४७०, फागुनमा ५३ हजार ४५७, चैतमा ५५ हजार ५२३, २०७९ वैशाखमा ४५ हजार ४ र जेठमा ६२ हजार ३४९ जनाले श्रम स्वीकृति लिएका छन् ।

पछिल्लो एघार महिनामा वैदेशिक रोजगारीमा जान प्रत्येक महिना औषतमा ५१ हजार ६२१ जनाले विभागबाट श्रम स्वीकृति लिएका छन् । श्रम स्वीकृति लिनेको संख्या यही क्रममा बढे चालु आर्थिक वर्षभित्र ६ लाख १९ हजार ४६० जनाले श्रम स्वीकृति लिएको हुनेछन् ।

सन् २०१९ डिसेम्बर अन्तिम साता चिनको वुहानबाट सुरु भएको कोरोना महामारीका कारण वैदेशिक रोजगारीमा जानेको संख्या स्वाट्टै घटेको थियो । महामारी रोक्न तथा नियन्त्रण गर्न सबै राष्ट्रहरुले लकडाउन गरेपछि वैदेशिक रोजागारीमा जानेको सख्ंया घटेको थियो ।

कोरोना महामारी सुरु भएको आर्थिक वर्ष २०७६/७७ मा श्रम स्वीकृति लिनेको संख्या ३ लाख ६८ हजार ४३३ रहेको थियो । योभन्दा अघिल्लो आर्थिक वर्ष २०७५/७६ मा वैदेशिक रोजगारमा जान ४ लाख ७६ हजार ७०५ जनाले श्रम स्वीकृति लिएका थिए । आर्थिक वर्ष २०७७/७८ मा यो संख्या १ लाख ६६ हजार ६९८ मा झरेको थियो ।

गत वर्षबाट कोरोना खोप प्रयोगमा आएपछि राष्ट्रहरुले लकडाउनलाई खुकुलो बनाउँदै लगेका थिए, जसको कारण वैदेशिक रोजगारीमा जानेको संख्या बढेको हो । पछिल्ला महिनाहरुमा श्रम स्वीकृति लिनेहरुको तथ्याङकले वैदेशिक रोजगार यो वर्ष पुरानै लयमा फर्केको देखाएको छ ।

कोरोना महामारीका कारण वैदेशिक रोजगारीमा जानेको संख्या घटेपछि नेपाल भित्रने रेमिट्यान्स पनि घटेको थियो । रेमिट्यान्स घट्दा देशको अर्थतन्त्रमा समेत असर गरेको थियो । तर यसवर्ष वैदेशिक रोजगारीमा जानेको संख्या बढेसँगै नेपाल भित्रने रेमिट्यान्स त्रमस बढ्न थालेको छ।

नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो दश महिना (२०७८ साउनदेखि २०७९ वैशाखसम्म) मा नेपाल भित्रने रेमिट्यान्स ०.२ प्रतिशतले वृद्धि भएको छ ।

सो अवधिमा ८ खर्ब ११ अर्ब ७९ करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो आर्थिक वर्ष २०७७/७८ को सोही अवधिको तुलनामा चालु आर्थिक वर्षको पहिलो ९ महिनामा नेपाल भित्रने रेमिट्यान्समा ०.६ प्रतिशतले कमी आएको थियो । गत चैतसम्म घटेको रेमिट्यान्स वैशाख लागेपछि बढ्न थालेको हो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
अर्थ सम्बन्धि थप
  • नीलकण्ठ पार्कमा रोपिएका १२५ आशा

    नीलकण्ठ पार्कमा रोपिएका १२५ आशा

  • नागढुङ्गा सिस्ने खोला सुरुङमार्ग उद्घाटन गरिँदै

    नागढुङ्गा सिस्ने खोला सुरुङमार्ग उद्घाटन गरिँदै

  • प्रदेश सरकार सहकार्यका लागि एमाले र नेपाली कम्युनिस्ट पार्टीबिच ३ बुँदे सहमति

    प्रदेश सरकार सहकार्यका लागि एमाले र नेपाली कम्युनिस्ट पार्टीबिच ३ बुँदे सहमति

  • आज हरिशयनी एकादशी : घर–घरमा तुलसीको बिरुवा सारिँदै

    आज हरिशयनी एकादशी : घर–घरमा तुलसीको बिरुवा सारिँदै

  • समाचार
    नीलकण्ठ पार्कमा रोपिएका १२५ आशा

    नीलकण्ठ पार्कमा रोपिएका १२५ आशा

    नागढुङ्गा सिस्ने खोला सुरुङमार्ग उद्घाटन गरिँदै

    नागढुङ्गा सिस्ने खोला सुरुङमार्ग उद्घाटन गरिँदै

    प्रदेश सरकार सहकार्यका लागि एमाले र नेपाली कम्युनिस्ट पार्टीबिच ३ बुँदे सहमति

    प्रदेश सरकार सहकार्यका लागि एमाले र नेपाली कम्युनिस्ट पार्टीबिच ३ बुँदे सहमति

    आज हरिशयनी एकादशी : घर–घरमा तुलसीको बिरुवा सारिँदै

    आज हरिशयनी एकादशी : घर–घरमा तुलसीको बिरुवा सारिँदै

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0