धादिङबेशीमा हानबीको शाखा खुल्यो, जापान अध्ययनका लागि भाषा तथा परामर्श सेवा प्रदान गरिने
धादिङ प्रहरीको अपरेशनः अफिम, भरुवा बन्दुक र फरार अभियुक्त पक्राउ
निर्माण सामग्रीको अस्वाभाविक मूल्यवृद्धिविरुद्ध धादिङका व्यवसायी आन्दोलित
बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ
धादिङबेशीमा वर्तमान अवस्थामा सहकारी बिषयक अन्तरक्रिया
नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको सदस्यमा रमेश धमला चयन
काठमाडौं, १० असार।
पुँजी बजार विकास तथा सुधारको माग राख्दै १ असारदेखि आमरण अनसनमा बसेका लगानीकर्ता तिलक कोइराला र नेपाल धितोपत्र बोर्डबीच १९ बुँदे माग कार्यान्वयन गर्ने विषयमा सहमति भएको छ । सहमति भएसँगै शुक्रबार कोइरालाले आमरण अनसन पनि अन्त्य गरेका छन् ।
बोर्ड अध्यक्ष रमेश हमालको हातबाट जुस खाएर उनले आमरण अनसनको अन्त्य गरेका हुन् । आमरण अनसन अन्त्य गर्दै कोइरालाले पुँजी बजार सुधार र विकासका लागि गठन भएको संघर्ष समिति पनि विघटन भएको बताएका छन् ।
सरकारले साढे तीन वर्ष अघि नै गरिसक्छु भनेका कामहरू पूरा नगर्दा अहिले पुँजी बजारमा गम्भीर संकट आएको भन्दै १९ बुँदे मागसहित लगानीकर्ता कोइराला आमरण अनसनमा बसेका थिए ।
बोर्डले लगानीकर्ताको मागहरू सम्बोधन गर्नेगरी कार्यान्वयन समिति गठन गर्ने सहमति जनाएसँगै कोइरालाले आमरण अनसन अन्त्य गरेका हुन् ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |