ईभी हाइस रोकेर चालक श्रेष्ठ आफू अस्ताए, धादिङका १८ कानून व्यवसायीलाई बचाए
बाढीपीडितका लागि ज्वालामूखीका कर्मचारीले सात दिनको तलब सहयोग गर्ने
रसुवा बाढीपहिरोमा नीलकण्ठका २९ जनाको मृत्यु पुष्टि, नगरपालिकाले खोज, उद्धार र अन्त्येष्टि खर्च व्यहोर्ने,भोलि शोक विदा दिने निर्णय
बाढी प्रभावित नुवाकोटको अक्करेमा पतञ्जली योग समिति धादिङद्वारा सामूहिक भोजन सेवा
वडा अध्यक्ष अक्षय कोष, नीलकण्ठ कर्मचारी र ब्याडमिन्टन खेलाडीको सहयोगमा नुवाकोटमा राहत वितरण
विपद् प्रभावितको उद्धार र पुनःस्थापनामा ज्वालामूखी जनप्रतिनिधिको एक महिनाको सेवा–सुविधा सहयोग गर्ने
धादिङ,०९ असार ।
धादिङको गल्छी गाउँपालिकाले आर्थिक वर्ष २०७९/०८० का लागि नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ । बिहिबार सम्पन्न भएको गाउँसभाले आगामी आर्थिक बर्ष २०७९/०८० का लागि ८४ करोड ९२ लाख २७ हजार रुपैयाँको बजेट विनियोजन गरेको छ ।
गाउँसभामा गाउँपालिका अध्यक्ष केदारनाथ खतिवडाले नीति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको थियो भने गाउँपालिकाका उपाध्यक्ष भाईकाजी तिवारीले बजेट प्रस्तुत गर्नु भएको थियो । गाउँसभाले प्रशासनिक खर्चका लागि रु. १३ करोड ५० लाख रुपैयाँ विनियोजन गरेको छ भने शिक्षा,स्वस्थ्य ,कृषि ,पशु सेवा तर्फका कर्मचारीहरु तथा शिक्षकहरुको पारिश्रमिक खर्च र विकासात्मक क्रियाकलापहरुका लागि रु. २० करोड ४५ लाख ५८ हजार बजेट विनियोजन गरिएको छ ।
यसैगरी विशेष र समपुरक योजना तथा कार्यक्रमका लागि रु. १२ करोड ८० लाख, विषयगत योजना तथा कार्यक्रमका लागि रु. ११ करोड ४४ लाख ३१ हजार र वडा स्तरिय योजना तथा कार्यक्रमका लागि रु. ६ करोड बजेट विनियोजन गरिएको छ। गाउँसभाले आगामी आर्थिक बर्षको लागि आर्थिक विकास, सामाजिक विकास, पूर्वाधार विकास, सुशासन तथा अन्र्तरसम्बन्धित क्षेत्र, न्यायिक समिति, लैङ्गिक तथा सामाजिक समावेशीकरण, वातावरण तथा विपद व्यवस्थापन लगायतका शिर्षकमा बजेट विनियोजन गरिएको छ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |