वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’
कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय
शिवज्योती महिला बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्षमा शोभा छत्कुली निर्वाचित
नेपाल क्षयरोग निवारण संस्था धादिङको अध्यक्षमा श्रीकृष्ण अधिकारी चयन
नेपाली कांग्रेसको १५औँ महाधिवेशनः केन्द्रीय महाधिवेशन प्रतिनिधिमा यामनाथ दनैको उम्मेदवारी
धादिङ–काठमाडौं भाडा रु ३९०, गाडी ‘पल्टी’ गर्दा रु ३४० भन्दा बढी लिन नपाइने
काठमाडौं, ३१ जेठ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) को आसन्न ६ असारको निर्वाचनमा ९ भोटका लागि परेको अपिलमध्ये तीन मतदाताले मताधिकार फिर्ता पाएका छन् ।
निर्वाचन समितिले यसअघि मताधिकारबाट वञ्चित गरेका चार मतदातासहित थप पाँच मताधिकारमाथि अपिल परेको थियो । जुन निर्णयसँगै अध्यक्ष पदमा पुनः दोहोरिन चाहेका कर्माछिरिङ शेर्पा पक्षलाई फाइदा पुगेको थियो ।
अपिल कमिटीले सरस्वती क्लब, फ्रेन्ड्स क्लब र महिला फुटबल संघलाई मताधिकार दिने भएको छ । यसअघि निर्वाचन समितिले भने सिरहा जिल्लासहित कर्माछिरिङ शेर्पा प्यानलका चार मतदाताको मताधिकार खोसेको थियो । तर, अपिल कमिटीले चारमध्ये तीन जिल्लाको मताधिकारको निर्णय उल्ट्याएको छ ।
सिरहा जिल्लाको भने निर्वाचन समितिले खोसेको मताधिकार फिर्ता भएको छैन । यसअघि निर्वाचन समितिमा दावी–विरोध परेर बदर भएका चार मतदाता– महिला समिति, सिरहा जिल्ला, फ्रेन्ड्स क्लब र सरस्वती क्लबले मताधिकार पाउनु पर्ने भनेर अपील परेको थियो ।
यस्तै, सिन्धुली जिल्लाले पनि मताधिकार पाउनु पर्ने दाबी गर्दै अपील गरेको थियो । स्याङ्जालाई मताधिकारको सूचीबाट हटाउनु पर्ने भन्दै अपील परेको थियो । रौतहटका नेपाल कार्कीमाथि पनि अपिल परेको थियो । यस्तै, आरसी ३२ र कैलालीको स्टार सिटीमाथि पनि अपिल परे पनि निर्णय परिवर्तन भएको छैन ।
६ असारमा हालका अध्यक्ष शेर्पा र वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङ आ आफ्नो प्यानल सहित अध्यक्ष पदमा उम्मेदवारी दिएका छन् ।
स्थानीय मुद्दादेखि राष्ट्रिय सरोकारसम्म, भरपर्दो समाचार र जनताको आवाजलाई जोड्ने निलकन्ठ एफ.एम. र अनलाइन खबर पोर्टल ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
बागमती प्रदेश, नेपाल
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
ताजा समाचार, विशेष सामग्री र रेडियो कार्यक्रम सुन्न हामीसँग जोडिनुहोस् ।
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... |
| कार्यक्रारी सम्पादक : | |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |