वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’
कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय
शिवज्योती महिला बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्षमा शोभा छत्कुली निर्वाचित
नेपाल क्षयरोग निवारण संस्था धादिङको अध्यक्षमा श्रीकृष्ण अधिकारी चयन
नेपाली कांग्रेसको १५औँ महाधिवेशनः केन्द्रीय महाधिवेशन प्रतिनिधिमा यामनाथ दनैको उम्मेदवारी
धादिङ–काठमाडौं भाडा रु ३९०, गाडी ‘पल्टी’ गर्दा रु ३४० भन्दा बढी लिन नपाइने
काठमाडौं, ३० जेठ।
१९औं एशियाली खेलकुदको तयारीमा रहेको कबड्डी टोलीलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङले राखेपमा शुभकामनासहित बिदाइ गरेका छन् ।
बिदाइ गर्ने क्रममा सदस्य सचिव घिसिङले यो प्रशिक्षणमात्र नभई बन्द प्रशिक्षणकै प्रक्रिया भएको बताए । उनले यो प्रशिक्षण ९औं राष्ट्रिय खेलकुदका लागि सुरुवाती प्रशिक्षण समेत रहेको भन्दै एशियाली खेलकुदको मिति तय नभए पनि खेलाडीहरूको स्तर वृद्धि गर्न यस कार्यक्रमले सहयोग पुग्ने बताए ।
सदस्य सचिव घिसिङले खेलाडीहरूलाई अनुशासित रहेर प्रशिक्षण लिन र स्तर वृद्धिका लागि अध्ययन र अनुसन्धानलाई पनि महत्व प्रदान गर्न प्रशिक्षक र खेलाडीलाई सुझाव दिए ।
राष्ट्रिय खेलकुद परिषद्ले १९ औं एशियाली खेलकुदमा सहभागी हुने २३ खेलका पहिलो चरणमा छनोट भएका खेलाडीहरुका लागि पहिलो चरणको प्रशिक्षण कार्यक्रम सुरु गरेको छ । कबड्डीले महेन्द्रनगरमा आफ्नो एक महिने प्रशिक्षण गर्नेछ । १५ सदस्यीय खेलाडी, ४ प्रशिक्षक आजै त्यसतर्फ प्रस्थान गरेका छन् ।
स्थानीय मुद्दादेखि राष्ट्रिय सरोकारसम्म, भरपर्दो समाचार र जनताको आवाजलाई जोड्ने निलकन्ठ एफ.एम. र अनलाइन खबर पोर्टल ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
बागमती प्रदेश, नेपाल
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
ताजा समाचार, विशेष सामग्री र रेडियो कार्यक्रम सुन्न हामीसँग जोडिनुहोस् ।
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... |
| कार्यक्रारी सम्पादक : | |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |