वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’
कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय
शिवज्योती महिला बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्षमा शोभा छत्कुली निर्वाचित
नेपाल क्षयरोग निवारण संस्था धादिङको अध्यक्षमा श्रीकृष्ण अधिकारी चयन
नेपाली कांग्रेसको १५औँ महाधिवेशनः केन्द्रीय महाधिवेशन प्रतिनिधिमा यामनाथ दनैको उम्मेदवारी
धादिङ–काठमाडौं भाडा रु ३९०, गाडी ‘पल्टी’ गर्दा रु ३४० भन्दा बढी लिन नपाइने
काठमाडौं, २२ जेठ ।
नेपाल भलिबल संघ (एनभिए) को पोखरामा बसेको केन्द्रीय कार्यसमितिको बैठकले १० असारसम्म जिल्ला र प्रदेशको निर्वाचन गर्ने निर्णय गरेको छ ।शनिबार गण्डकी प्रदेशमा बसेको बैठकले सात प्रदेशको लागि निर्वाचन केन्द्रीय प्रतिनिधि तोकेको छ ।
जसमा १ नम्बर प्रदेश संयोजकमा मदन खड्का, मधेस प्रदेशमा उपेन्द्र यादव, बागमती प्रदेशमा कुमारराज सुवेदी, गण्डकीमा याम गुरुङ, लुम्बिनीमा निरोज मास्के, कर्णालीमा ऎनबहादुर शाही र सुदूरपश्चिमको संयोजकमा हर्क सिंह धामीलाई छनोट गरिएको छ ।
भलिबल संघले असार १५ सम्म जिल्ला र प्रदेशबाट छनोट भएका प्रतिनिधिको नामावली राखेपलाई बुझाउने छ । यसैगरी बैठकले खेलकुद ऎन २०७७ र संघको बिधानलाई टेकेर निर्वाचन प्रक्रिया अगाडी बढाउने निर्णय गरेको छ । यद्यपि बैठकले निर्वाचन मिति भने तोक्न सकेन ।
बैठकले पूर्वअध्यक्ष गंगाबहादुर थापाको नेतृत्वमा तीन सदस्यीय संघको विधान मस्यौदा समिति गठन गरेको छ । जसको सदस्यमा रामचन्द्र भण्डारी र रोशन श्रेष्ठ सदस्य रहेका छन् ।
बैठकले महासचिव र कोषाध्यक्षको प्रतिवेदनलाई सुझाव सहित केन्द्रीय अधिवेशनमा लग्ने, एशियाली महिला भलिबलको तयारी सुरु गर्ने, रेफ्री, खेलाडीको विवादबारे छानबिन गर्न महासचिवको नेतृत्वमा पाँच सदस्य समिति गठन गरेको छ । जसको सदस्यमा मनवीर छन्त्याल, जुनु पुन, जितेन्द्र श्रेष्ठ र श्रीराम बोगटी रहेका छन् ।
स्थानीय मुद्दादेखि राष्ट्रिय सरोकारसम्म, भरपर्दो समाचार र जनताको आवाजलाई जोड्ने निलकन्ठ एफ.एम. र अनलाइन खबर पोर्टल ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
बागमती प्रदेश, नेपाल
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
ताजा समाचार, विशेष सामग्री र रेडियो कार्यक्रम सुन्न हामीसँग जोडिनुहोस् ।
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... |
| कार्यक्रारी सम्पादक : | |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |