वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’
कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय
शिवज्योती महिला बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्षमा शोभा छत्कुली निर्वाचित
नेपाली कांग्रेसको १५औँ महाधिवेशनः केन्द्रीय महाधिवेशन प्रतिनिधिमा यामनाथ दनैको उम्मेदवारी
धादिङका छ पालिकाले दिए दुई दिन विद्यालय बिदा
देश रोएका बेला परदेश बस्न नसक्ने एनआरएनए उपाध्यक्ष लोकप्रसाद दाहाल
धादिङ ,२० जेठ
धादिङको नीलकण्ठ नगरपालिकाको निर्वाचन पश्चात बसेको पहिलो बैठकले नगरभित्र बहुप्राविधिक विद्यालय स्थापना गर्ने निर्णय गरेको छ।्पाँच बर्षे कार्यकाल भित्र विद्यालय स्थापना गर्ने वाचा गरेका जनप्रतिनिधिहरु यतिखेर कसरी श्रोत जुटाउने भन्नेमा व्यस्त बनेका छन्।यसैक्रममा नीलकण्ठ नगरपालिकाका उप–मेयर दिपक विश्वकर्माले शिक्षा,विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलसँग भेट गर्नुभएको छ।
नीलकण्ठ नगरपालिकामा बनाउन लागिएको बहुप्राविधिक विद्यालय निर्माणको लागि बजेटको व्यावस्थापनको माग राख्दै मन्त्री पौडेलसँग भेट गरिएको उप मेयर दिपक विश्वकर्माले जानकारी दिनुभयो ।
नीलकण्ठ नगरपालिकाले निर्वाचन पछिको पहिलो बैठकको दोस्रो नम्बरमा नै उक्त निर्णय गरेको छ ।विद्यालय स्थापना गर्नको लागि उप–मेयर दिपक विश्वकर्मालाई जिम्मेवारी पनि बैठकले तोकेको छ। नगरपालिकाको बैठकले गरेको निर्णय र बजेट माग गरीएको चिठ्ठी लिएर आफुले मन्त्रीलाई भेटको उप–मेयर विश्वकर्माले जानकारी दिनुभयो।
भेटपछि मन्त्री पौडेलले बहुप्राविधिक विद्यालय निर्माणको लागि बजेट व्यावस्थ गर्ने आश्वासन दिनुभएको छ।मन्त्रालयबाट गर्ने सहयोग रहने भन्दै विद्यालय निर्माणको लागि अधि बढ्नको लागि समेत आग्रह गर्नुभएको छ।उप मेयर दिपक विश्वकर्मा सँगै पुर्व मन्त्री कल्पना धमला र शैक्षिक आन्दोलनका नेता शंकर अधिकारीको टोलीले मन्त्री पौडेलसँग भेट गर्नुभएको हो।


मुख्य समाचार
मुख्य समाचार
मुख्य समाचार
स्थानीय मुद्दादेखि राष्ट्रिय सरोकारसम्म, भरपर्दो समाचार र जनताको आवाजलाई जोड्ने निलकन्ठ एफ.एम. र अनलाइन खबर पोर्टल ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
बागमती प्रदेश, नेपाल
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... |
| कार्यक्रारी सम्पादक : | |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |
ताजा समाचार, विशेष सामग्री र रेडियो कार्यक्रम सुन्न हामीसँग जोडिनुहोस् ।