धादिङबेशीमा हानबीको शाखा खुल्यो, जापान अध्ययनका लागि भाषा तथा परामर्श सेवा प्रदान गरिने
धादिङ प्रहरीको अपरेशनः अफिम, भरुवा बन्दुक र फरार अभियुक्त पक्राउ
निर्माण सामग्रीको अस्वाभाविक मूल्यवृद्धिविरुद्ध धादिङका व्यवसायी आन्दोलित
रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ
नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको सदस्यमा रमेश धमला चयन
धादिङ,१६ जेठ ।
लमजुङको मध्य नेपालमा ट्रिपर दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ ।
दुर्घटनामा परी मृत्यु हुनेमा ट्रिपरका चालक धादिङको गजुरी गाउँपालिका–६ मिलनटारका २७ वर्षिय आकाश भन्ने विनोद घिमिरे, तनहुँ व्यास नगरपालिका ७ कलेस्ती बस्ने अन्दाजी वर्ष ४५ का उत्तम न्यौपाने रहेका छन् भने अन्य दुईजना सल्यान कुमाख गाउँपालिका वस्ने अन्दाजी वर्ष २२ का पारस शाह र गोरखा नगरपालिका १२ वस्ने अन्दाजी वर्ष २४ का रविन्द्र सेढाई रहेका छन्।
मध्यनेपाल नगरपालिका वडा नम्वर ७ कोईलेनी भन्ने स्थानमा बा ४ ख ७७८१ नम्वरको ट्रिपर आइतबार साढे ३ बजे दुर्घटनामा परेको हो । दुर्घटनामा परि ट्रिपर चालक सहित चार जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी एवं इन्सपेक्टर जगदीश रेग्मीले बताए ।
उक्त ट्रिपर मध्यनेपाल नगरपालिका ७ कल्याणबेसीबाट बतासेचोकतर्फ ढुङगा लोड गरी जाँदै गरेको अवस्थामा सडकबाट करिव ३० मिटर तल खसेको हो । मध्यपहाडी लोकमार्ग अन्तर्गत भोर्लेटार सडक खण्डमा काम गर्दै आएको काष्ठमाण्डप कन्सट्रक्सन प्रालिको ट्रिपर दुर्घटना भएको हो । सडक उकालो कच्ची साँघुरो सडक लोड बढी भई ट्रिपर व्याक भएर तल खसेको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |